हरपल तेज खबर २ पुष २०८०, सोमबार

रौतहट, २ पुस । एलआईसी नेपाल लिमिटेडमा विमाधारीको रकम कति सम्म असुरक्षित भएको रहस्यहरु बाहिरिने क्रममा एक जना विमाधारीको विमाखाता खोल्दा समयको हार्ड कपी कागजातहरु गायब भएका छन् ।
गौर नगरपालिका वडा नम्वर ८ पुरेनवा निवासी विरेन्द्र साह सन् २०२१–२०२२ मा स्वस्तीका कुमारी साहको नाममा जारी २५०७२१८७९ नम्वरको विमालेखबाट ११ लाखको विमा गराएका थिए । एलआइसी नेपाल लिमिटेड बारे समाचार प्रकाशित हुँदै आएपछि आफनो कागजातहरु कतिको सुरिक्षत रहेको छ सम्बन्धमा बुझ्न गौर शाखा जाँदा सक्कल कागजातहरु फायलबाट गायव रहेको साहले गुनासो गरे ।
५५२०६ रुपैया बार्षिक किस्ता दुई बर्ष देखि तिर्दै आएको भएपनि सक्कल कागजात फायल पल्टाउदा प्रस्ताव फारम ५ पृष्ठको, मेडिकल रिपोर्ट, नागरिकता प्रतिलिपि, जन्मदर्ता प्रतिलिपि, फोटो र अभिकर्ता एजेन्टको गोप्य प्रतिबेदन फायलबाट गायव भएको साहले बताएकि छिन
विमा खोल्दा खेरी विमाधारीहरुको मेडिकल अवस्था सम्बन्धमा मान्यता प्राप्त चिकित्सकबाट निरोगिता प्रमाण पत्र राख्नुपर्ने अनिवार्य प्रावधान भएपनि एलआइसी नेपाल लिमिटेडमा कार्यरत कर्मचारीहरुले चिकित्सकहरुको किर्ते हस्ताक्षर र किर्ते छाप लगाएर निरोगिता प्रमाण पत्र राखेर एलआईसी नेपाल लिमिटेडको ऐनकानुनलाई कर्मचारीहरुद्धारा नै गैरकानुनी रुपमा निरोगिता पत्र तयार गरेर राख्ने गरेको कुरा विभिन्न समाचार माध्यमबाट प्रकाशित भएपछि उक्त कागजातहरु गायव भएको हुन सक्ने आशंका पीडित विमाधारीको स्वस्तीकाको वुवा विरेन्द्र साहले गरे ।
यस्ता कुरा साह संग मात्रै नभई सयौं यस्ता गैरकानुनी कार्य भएपनि एलआइसी नेपाल लिमिटेडको उच्च पदाधिकारीहरु यस तर्फ खासै ध्यान नदिदा एलआइसी नेपाल प्रतिको विश्वासमा निकै कमी आएको छ । नेपाल राष्ट्र बैंक, नेपाल विमा प्राधिकरण सहित अर्थ मन्त्रालयले यस्ता गैर कानुनी कार्य गर्ने विमा कम्पनी विरुद्ध कुनै कारवाही नगर्दा नेपाली विमाधारीहरु ठगिदै आएको साविक अभिकर्ता एवं लायन्स सत्येन्द्र पाण्डेले गम्भीर आरोप लगाए ।
म जस्ता अभिकर्ता जसले एलआइसी नेपाल लिमिटेडमा १८ सय भन्दा बढि विमा खोल्न लगाएको भएपनि म संग नै चिटिंग गरेर उठिवास बनाइदिएको छ । शाखा कार्यालय गौर, प्रादेशिक कार्यालय जनकपुरधाममा निरन्तर रुपमा ताला लगाएर विरोध जनाउदै आएपनि एलआइसी नेपाल लिमिटेड र नेपाल विमा प्राधिकरण कानमा तेल हालेर चिर निन्द्रामा सुतेको हुँदा आफू मर्नु न बाँच्नु सरहको अवस्थामा पुगेको गुनासो पोखे । एलआइसी विरुद्धको भण्डाफोर अभियान निरन्तर रुपमा जारी राख्ने चेतावनी दिदै आफू अन्तिम समय सम्म समेत लड्ने प्रतिबद्धता पाण्डले जनाए ।