रौतहट २६ आश्विन २०८०, शुक्रबार

 गैरकानुनी रुपमा विमा लेख त्यार पारी लाखौं रुपैया हेराफेरी गरेका LIC नेपाल लिमिटेडको विवाद मिलाउन गौर शाखाको प्रमुख र तत्कालिन एलआइसी अभिकर्ता सतेन्द्र पाण्डे  बीच जिल्ला प्रहरी कार्यालय रौतहटमा गरिएको लिखित सहमती उलंघन भएको रहस्य यतिखेर बाहिरिएका छन् ।
बिगत लामो समय देखि एलआइसी नेपाल लिमिटेड माथि प्रश्नचिन्ह् खाडा हुदै आमजनतामा बिश्वासनियता समेत घट्दै गएको छ । सम्बन्धित निकाय र सरोकारवाला निकाय व्यक्तिगत लाभ का कारण समस्या सुझाउनुको साटो झन् झन्झटिला हुँदै गएपछि एलआइसी नेपाल लिमिटेडको कार्यशैली एवं गलत कार्य वारे विभिन्न मिडियाहरुको माध्यमबाट प्रकाशित हुँदै आइरहेका हुन् ।
केहि उच्च पदस्थ पदाधिकारीहरुको संग्लनताको कारण गलत कार्य गर्नेहरुलाई संरक्षण गर्दै कर्पोरेशनलाई नै धराप मा परिरहेको कुरा आमजनता ले पाउने बोनस दर निरन्तर घट्नु नै ब्यबस्थापन पक्ष असक्षम रहेको सप्रमाण को रुपमा आमजनता ले महसुस गरिसकेका छन ।
अझ यस कार्य लाई कर्पोरेशनकै केहि उच्च पदाधिकारी निरन्तरता दिदै नाटकिय शैलीमा खेल खेलिरहेको छ, उक्त खेलको उदाहरण हालै एलआईसी गौर शाखाको प्रमुख प्रमोदकुमार यादव, कर्पोरेशनले खटाएको कर्मचारी पंकज मल्लिक र निवेदनकर्ता तत्कालिन अभिकता सत्येन्द्र पाण्डे विच प्रहरीको रोहबरमा लिखित सहमती गएको २२ गते भएका थिए ।
घटनाको विस्तृत बिबरण श्रोतले जनाए अनुसार सप्रमान कम्पनीको केहि कर्मचारीले नाटक शैली “मा म कुटे जस्तो गर्छु तिमि रुने जस्तो गर्नु” भने उखान झैँ केहि उच्च पदाधिकारी ले तल्लो तहका कर्मचारीलाई गल्ति गरेको जिम्मा लिन लगाएको र पटक पटक सहमति गर्न लगाई गरेकको सहमती केहि दिनमै नाटकिय शैलीमा उलघन गर्न लगाएको थियो । उक्त घटना को ३ बर्ष बितिलाग्दा कहिकतै बाट थाहा नलाग्नु नै ठुलै खेल भएको कुरा सतेन्द्र पाण्डे  ले बताए ।
यति का दिन समय कम्पनिका शाखाले, प्रदेश प्रमुख, न कम्पनि, समन्धित औडीटर र कम्पनिको ढुकुटी खर्चेर अनुसन्धानको नाममा केहि पता नलगाएको कुरा एजेन्टहरु र आमजनताले सप्रमाण ठगि गरेको हुँदा पनि नियामक निकाय र सरोकार वाल निकाय समेत समयमा गम्भीर नहुनु आमजनता को लागि दुखद हो । पेशागत अभिकर्ता संघ बिमाक समितिले प्रेस विज्ञप्ती मार्फत सप्रमाण खण्डन गरेपनि गल्ति सुकर्नु को साटो समस्या जस्ताको त्यस्तै रहेको छ ।
समस्यालाई झन् पेचिलो बनाएर कम्पनी, एजेन्टहरु, आमजनताहरुलाई धोखा धडी गरेर लाखौ लाख रुपैया ठगि गरेको सप्रमाण भेटाए पनि सत्य, तथ्य, नियम, कानुन, निर्देशिका र पटक पटक गल्ति स्वीकार गरेर सहमतिको नाटक मंचन गरी दुई दिनमै सहमतीलाई उल्टाउन लगाउने गरेको प्रमाण फेला परेका छन् भने लिखित रुपमा जिल्ला प्रहरी कार्यालय मा कार्यलयकै रोहबरमा कम्पनी को शाखा प्रमुख प्रमोद कुमार यादव, साक्षी को रुपमा कम्पनी कै कर्मचारी पंकज मलिक र निवेदक बीच मिति २०८०/०६/२२ गते गरेका लिखित सहमति लाई चुनौति दिदै केहि दिनमै सरोकारबाल्ला निकायलाई पनि ठाडै चुनैती दिन लगाएको कुरा कम्पनीले एकतर्फी सहमति उलघन गरेको कुरा सरोकार वाला निकाय समेत स्वीकारिसकेका छन् ।
श्रोतका अनुसार केहि उच्च पदाधिकारी व्यक्तिगत लोभ मा परी दिनरात कम्पनी को नया सीओलाई समेत प्रभावमा परी योजनाबद्ध रुपमै कम्पनी माथि प्रश्न खडा गराउन कम्पनीका मार्केटिंग प्रमुख प्रकाशबहादुर उपाध्यायले बिना चलनी नकली पत्र पठाएको सप्रमाण फेला परेका थिए ।
उपाध्यायको संलग्नताले मार्केटमा कम्पनीलाई माथिबाट तल खसाउने अहम भूमिका खेलेका ति व्यक्तिहरु विरुद्ध माथि प्रश्न चिन्ह् खडा गराउन सफल खेलाडी नाईकेको रुपमा परिचित रहेको कुरा सतेन्द्र पाण्डे ले जनाएका छन, त्यस्तै अर्का कम्पनीका मार्केटिंग प्रमुख सुदर्शन गिरीले सूचनाको अधिकारबाट एजेन्टहरुलाई आदेश मार्फत बन्चित गराएको गम्भीरु आरोप लगाएको छ । साथै कम्पनीकै लेटरप्याड र स्टाम्प समेत व्यक्तिगत लाभको लागि प्रयोग गरेर नक्कली विज्ञप्ती जारी गरेपनि हाल सम्म कम्पनीबाट त्यस्ता पदाधिकारीहरु विरुद्ध कानुनी कारवाही नहुनु आफैमा हास्यादपद रहेको सतेन्द्र पाण्डे ले बताए ।
सुचना अधिकारी गिरी र मार्केटिंग हेड उपाध्यायको योजना अनुरुप तत्कालिन गौर शाखा प्रमुख बिपिनकुमार साह दोषी, निर्दोषी साबित नहुदै साउन ७ गतेको मिति देखि जागिरबाट हटाउने चेतावनी प्रदेश प्रमुख सुजित कुमार ठाकुरले दिएपछि उक्त रकम सावा ब्याज सहित लगभग ३,४४,७८३ सेन्चुरी बैक मार्फत घटनाको जिम्मा लिन लगाएर जम्मा गराएका थिए ।
विगत चार बर्ष देखि कर्मचारीको बदमासी र कम्पनीले दिएका छुटका कारण नपाएको मृत्यु भएका व्यत्तिलाई विमा रकम दिन आलटाल गर्दा हरपल तेज खबर सहित विभिन्न मिडियाहरुमा समाचार प्रकाशित भएपछि दाबी गर्ने आश्रित परिवार असोज १९ गते ४,०५,७००÷– प्रभु बैंक मार्फत कम्पनिले दिएको छ ।
त्यस्तै कानुन बिपरित ऋण निकालेका बिमाधारीको ऋण प्रक्रियाका सबै कागजातहरु नस्ट गराएर कानुन बिपरित बिमाधारी प्रमाण पत्र दिनमा हुने काम झन्झटिला प्रक्रिया र मिडियाहरुकै प्रभावले ४ महिना पछि पाएपनि कम्पनी ले निकालेका गैर कानुनी ऋण अहिले सम्म फिर्ता गरेका छैनन् भनि सतेन्द्र पाण्डे बताए ।
त्यति मात्र नभई झन्झटिला प्रकारका सम्पूर्ण कागजात गौर शाखाबाट नस्ट गरेर कम्पनीलाई नै धराप मा पारिदिने गिरी र उपाध्यायको योजना रहेकाले मोवाईल मा कम्पनी को मार्केटिंग हेड नया बिजनेश प्रमुख सबिना श्रेष्ठ संग कुरा हुदा घुमाउरो भाषामा कुनै सुचना नदिने र माथिलो निकायमा जान मिल्ने जानकारी गराएको अभिकर्ताले बताउदै उक्त कल रेकर्ड सुरक्षित रहेको दाबी गर।

 जिल्ला प्रहरी कार्यालय गौर, रौतहट मा निवेदक सत्येन्द्र

एल आई सी.(नेपाल ) लि गौर, रौतहट, शाखाका प्रमुख प्रमोद कुमार राय, साक्षी को रुपमा एल. आई. सी.( नेपाल) लि. गौर शाखाको कर्मचारी पंकज मालिक बीच भए बमोजिम निवेदकले माग गरेको सी. न .०१ देखि सी न.०९५ सम्मको बिमाधारीको नाममा एलआईसी(नेपाल) लि गौर, रौतहटका प्रमुख प्रमोद कुमार राय उक्त रकम बिमाधरिको नाम सत प्रतिसत सुरक्षीत रहेको कुरा हस्ताक्षर सहित कम्पनीको स्टाम्प र लोगो सहित प्रमाणित गरेर दिएका थिए तर उक्त रकम बराबरका रकम अधिकांश बिमाधारीहरुको नाममा जम्मा गर्ने बिमालेख नै नरहेको कुरा जवाफ दिएर सहमति बिपरित कम्पनिका शाखा प्रमुख प्रमोद कुमार रायले एकतर्फी रुपमा सहमति तोड्दै कानुनलाई समेत चुनैती दिएको तत्कालिन अभिकर्ता पाण्डेले गुनासो गरे । अतः सहमति बिपरित जाने र जान लगाउने जो कोहिलाई कानुनको दयारामा ल्याई कानुनीको प्रत्यभूति दिलाई पाउं भनि जिल्ला प्रहरी कार्यालय रौतहट,मा नियम कानुन निर्देशिका सहित गरिएका सहमतिको पुर्ण रुपमा पालन हुनेमा निवेदक पाण्डे आशाबादी र विश्वस्थ थिए तर त्यस अनुसार कम्पनीले एक पाइला समेत हिडेनन् ।
उक्त रकम कै कारण आफु मिटर ब्यजी जीवन बिताउन बाध्य भएको कुरा अनुरोध गर्दै कानुन बिपरित गरेका, गराएका, मैखिक, लिखित सहमति उलंघन गर्ने, गराउने जो कोहिलाई कानुनको दयारामा ल्याएर जायज मागलाई नियम, कानुन, निर्देशिका, मैखिक रुपमा गरेका सहमति, लिखित रुपमै गरेका सहमतिलाई गम्भीरता पुर्बक सरोकारवाला निकायले समयमै लिई दिन तत्कालिन अभिकर्ता पाण्डेले अपिल गरे ।
यस सम्बन्धमा एलआईसी नेपाल लिमिटेडका सुचना अधिकारी सुदर्शन गिरी संग ९८५१०६५५९२ नम्वरमा सम्पर्क गर्दा उनले फोन रिसिभ समेत न गरेको दुख ब्यक्त गरेका छन ।