रौतहट, २७ मंसिर । हरपल तेज खबर

एलआइसी नेपाल लिमिटेडको गैरकानुनी कार्यको विरुद्ध विगत  दिन देखि आन्दोलनरत पक्षले प्रादेशिक कार्यालय जनकपुरधाममा तालाबन्दी गरी गर्दै आएको विरोध प्रदर्शन विरुद्ध मधेश प्रदेश सरकारका गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
साविक अभिकर्ता एवं लायन्स सत्येन्द्र पाण्डे सहित दर्जनौं अभिकर्ता एवं विमाधारीहरुले लिखित रुपमा विगत असार देखि दिएको उजुरीको चाँगलाई नियामक निकाय एलआइसी नेपाल लिमिटेडले धोती लगाएपछि आन्दोलन लगायत भण्डाफोर अभियानमा जुटेका पिडीत पक्षहरुको आन्दोलनबाट प्रभावित भईरहेका आम विमाधारीहरुको हक हितलाई संरक्षण गर्ने उद्देश्यबाट मधेश प्रदेश सरकारका गृह मन्त्रालयको एलआइसी नेपाल लिमिटेडद्धारा गर्दै आएको ठगि धन्धा विरुद्ध ध्यानाकर्षण भएको श्रोतले बतायो ।
पीडित साविक अभिकर्ता एवं लायन्स पाण्डे सहित दर्जनौं पीडितहरुले मधेश प्रदेश सरकारको गृह, अर्थ, मुख्यमन्त्रीलाई मधेशका जनताहरुलाई एलआईसी नेपाल लिमिटेडले उपिया जस्तो खुन चुसेर बर्बाद पार्ने अवस्थामा पुर्याउन लागेपछि पीडित पक्षहरु न्याय एवं बाँच्नका लागि सम्बध निकाय चिर निन्द्रामा सुतेको अवस्थामा बाध्य भई मधेश सरकारलाई गुहार्नु परेको पीडितहरुले दुखेसो पोखे ।
पीडितहरुका अनुसार आफूहरु बाँच्नु न मर्नु सरह बनेपछि नेपाल सरकारको प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, अख्तियार दुरुपयो अनुसन्धान आयोगको कार्यालय टंगाल, हेलो सरकार, नेपाल विमा प्राधिकरण, भारतीय राजदूतावास, एलआइसी भारत लगायतका विभिन्न नियामक संस्थाहरु समक्ष सामुहिक निवेदन दिएको महिनौं दिन वितिसक्दा पनि कुनै कारवाही प्रक्रिया अघि नबढ्दा बाध्य भएर अन्तिम पटक मधेश प्रदेश सरकारलाई गुहार्नु परेको पीडित पाण्डेले बताए ।
एलआइसी नेपाल लिमिटेडबाट विल्लिबाठ भएका पीडित पाण्डे भन्छन् भारतीय जीवन विमाको ५५ प्रतिशत शेयर लगानी भएको एलआइसी नेपाल लिमिटेडका सिइओ प्रणय कुमार, मार्केटिंग हेड प्रकाशबहादुर उपाध्याय, कानुनी सल्हाकार एवं सुचना अधिकारी सुदर्शन गिरी लगायतका उच्च पदाधिकारीहरुको कारण नेपाली विमाधारीहरुको भविष्य खतरामा परेको छ ।
समयमै त्यस्ता धमिराहरु विरुद्ध कारवाही गरिएन भने नेपाली विमाधारीहरुको अबौं अर्ब सहारा इण्डिया जस्तो डुब्ने र लाखौं नेपाली जनताहरु आत्महत्या गर्नुको बिकल्प नहुने पाण्डेले भने । पाण्डे भन्छन् अब हामी सामु आत्महत्या गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको बताउदै जिन्दगीभरी कमाएको रकम जम्मा गरेर एलआईसी नेपाल लिमिटेडमा सुरक्षित रुपमा खाता खोलिएको तर दिउसै डाकाहरुले लुटे जस्तै एलआइसीबाट आफूहरु लुटिएको गम्भीर आरोप लगाए ।
मधेश प्रदेश सरकारको गृह सूचना तथा कानुन मन्त्रालयले मंसिर १५ गते जिल्ला प्रहरी कार्यालय रौतहटको नाममा चलानी नम्वर ५२० को पत्रबाट जनकपुर उपमहानगरपालिका वडा नम्वर ८ निवासी सत्येन्द्र पाण्डेलाई डरत्रास एवं धम्की दिई एलआइसी नेपाल लिमिटेडबाट भईरहेको व्यवहार विरुद्ध आवश्यक कानुनी कारवाही सहित विगतमा जिल्ला प्रहरी कार्यालय गौरमा एलआईसी गौरका शाखा प्रबन्धक प्रमोदकुमार राय, पंकज मल्लिकले गरेको लिखित सहमतीलाई अविलम्ब कार्यान्वय गराउनुको साथै विगतको लिखित सहमतीको कारवाही प्रक्रिया कतिको अघि बढेको वारे यस मन्त्रालयमा सक्कल पत्र साथ पठाउन पत्राचार गरिएको छ ।
एलआइसी नेपाल लिमिटेडमा लाखौं विमाधारीहरुको विश्वासलाई सिइओ प्रणयकुमार, मार्केटिंग हेड प्रकाश बहादुर उपाध्याय, कानुनी सल्हाकार एवं सूचना अधिकारी सुदर्शन गिरी, नेपाल पेशागत अभिकर्ता संघ विमक समिति एलआइसी नेपाल लिमिटेडका अध्यक्ष नरबहादुर घर्ती लगायतको कारण यस्तो अवस्था सृजना भएको बताइएको छ ।