रौतहट २३ मंसिर हरपल तेज खबर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताउनुभएको छ ।

शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेकका राजनीतिक दलहरुले नसक्ने जिकिर गर्नुभयो ।

अध्यक्ष ओलीले राजनीतिलाई स्थिर बनाउने, लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने, विकास निर्माणलाई अघि बढाउने, अर्थतन्त्र अघि बढाउने, समाजलाई एकतावद्ध बनाउने, समाजमा आशा, भरोषा, उत्साह र विश्वास जगाउने काम नेकपा एमाले बाहेकले जोगाउन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले आफूहरुले कोभिड, भूकम्प लगायतका समस्याको सफलतापूर्वक सामना गरेको बताउनुभयो ।