रौतहट ।। छौ पार्टी मिलीर बनेको राष्ट्रिय जनता पार्टी नेपाल रौतहटको पहिलो अधिवेशनले फेरी पहिलैको अवस्थामा फर्कीने संकेत देखिएको छ । ६ जनाको अध्यक्ष मण्डल रहेको राजपा पार्टीले अहिले महाधिवेशनको तयारी गर्ने क्रममा जिल्लाहरुको अधिवेशनमा रौतहट जिल्लाले नयाँ रेकड कायम गर्ने सफल भएको छ । ६ मा २ ले भाग गदाँ ३ हुन्छ भन्ने सिद्धान्तलाई अवलम्बन गर्दौ राजपा रौतहटले अधिवेशन भव्य रुपमा सम्पन्न गरेको हो ।
रौतहट क्षेत्र नं. १ मा राजपाको तिन तहमा रहेको विवाद वाहिर आएको छ । पार्टी एकीकरण भए पनि मानसीक रुपमा एकता नभएको भन्दा गल्त नहुने हुदाँ राजपा रौतहट अवस्था यर्थात यही हो भन्ने अधिवेशनको क्रमम देखिएका क्रियाकलापहरुबाट सावित भएको छ ।
पार्टीका वफादार कार्यक्रर्ताहरुको भावना विपरिता आफनो स्वार्थको अधारमा राजपा नेपालका तिन नेता विच घमासान युद्ध भएको छ । पार्टीका महाँसचिव अजय कुमार गुप्ता, रौतहट क्षेत्र नं. १ क का विधायक बाबुलाल साह र पार्टीका नेतृत्व पंकतीमा रहेको मा. अनिल कुमार झा विच रहेको आन्तरिक विवादका कारण तिन ठाउँमा भएको अधिवेशनले पार्टीलाई ठुलो घात भएको राजपा पार्टी समर्थिक प्रेस मन्च रौतहटका अध्यक्ष धर्मेन्द्र कुमार साहको तर्क रहेको छ ।
तिन नेताका कारण राजपा रौतहटले ६ मा २ ले भाग गदाँ ३ हुन्छ भन्दै तिन टुक्रामा विभाजित बाबुलाल साह समुहले रामप्रवेश दास, अजय कुमार गुप्ता समुहले शेष जम्सैद र अनिल कुमार झा समुहले लिला साहलाई अध्यक्ष घोषण गरेका छन् ।
यस्ता क्रियाकलापले पार्टी कमजोर हुने हुदाँ विवाद यथा सिध्र समाधान गरि पार्टीलाई एक ढिक्का बनाई अगाडी बढिनु पर्ने राजनिति विशलेषकहरुको भनाई रहेको छ ।