रौतहट १७ मंसिर आइतबार

उमेश सार्फ

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९८१ लाई अपाङ्ग वर्ष घोषणा गरी विश्वव्यापी रूपमा मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउन सुरु गरिएको हो।

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नं.१ स्थित पिपरा सामुदायिक भवनमा आज ३२औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर ,गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले करिब १६० जना अपाङ्गहरुलाई कम्बल बितरण गरिएको छ।

उक्त कार्यक्रममा गाउँपालिका उपा-अध्य्क्ष शिला देवी,वार्ड नं.५ को वडा अध्य्क्ष धर्मनाथ चौधरी ,पलिका भित्रका बिभिन्न शाखाका कर्मचारीहरु,लगायत वार्ड नं.१ देखी वार्ड नं.५ सम्मका अपांगहरुको उपस्तिथि रहेको थियो ।
अपांग ब्यक्तिहरुले जाड़ो को बेला कम्बल पाएकोमा खुशि हुदै अध्य्क्ष सिंह लाई धन्यवाद व्यक्त गरेका थिए ।