रौतहट । १२ कार्तिक

 रौतहटको फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक मेयर खातूनको जिद्धको कारण पालिका अस्त व्यस्त बनेकाे छ । राैतहटको उतरी पश्चिमी भेगमा अवस्थित रहेको फतुवा बिजयपुर नगरपालिकाको कार्यवाहक मेयर अम्बेया खातुनले उप सचिव सुरेन्द्र प्रधानलाई नै प्रमुख प्रसाशकीय अधिकृतको रुपमा हाजिर गराउन जिद्ध गरि आफ्नो अनुकूल हाकीम हाजिर गराउन खोज्दा नगरपालिका अस्त व्यस्त बनेकाे वडा अध्यक्ष सन्जय यादवले बताएका  छन ।

यस अघि पनि प्रधान यहाँ काम काज गरि सकेको र आफ्नो कार्यकालमा भ्रष्टाचारको चरण सीमा नाघेको जस्ता गतिविधिले गर्दा प्रधान हाकिमको रुपमा हाजिर हुदा पालिकामा ब्रह्मलूट मचाउने भन्दै वडा नं १ देखी वडा नं ११ सम्मका वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरुले प्रधानलाई हाजिर नगराउन भन्दै बिरोध गरेका छन ।हिन्दुहरुको महान पर्व दीपावली तथा लोक आस्थाको पर्व छठ पर्वको शुभ अवसरमा वडाअध्यक्ष लगायत कार्यपालिका सदस्यहरु एका तर्फ र अहिलेका कार्यवाहक मेयर खातुन एकलै अर्को तर्फ रहेर विवादित बनाएका पालिकामा कार्यरत कर्मचारी, शिक्षक-शिक्षिका, स्वास्थ्यकर्मी लगायतका कर्मचारिहरुले तलब भत्ता न पाउदा केहि दिन अगाडी पालिकामा ताल्चा समेत लगाएका थियो ।

जन निर्वाचित मेयर गोपाल यादव निलंबन भएको मौकाको फाईदा उठाउन कार्यवाहक मेयर आफ्नो अनुकूलको हाकीम हाजिर गराई मनोमानी गर्न खोजिरहेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन । कार्यवाहक मेयरका कारण लथालिङग बनेका पालिकाका कर्मचारीको तलव, वृद्ध वृद्धाका भता, पोषण भता समेत वितरण हुन सकेको छैन । साथै आम नागरिकको दैनिक सेवा समेत प्रभावित भएको तर कार्यवाहक मेयर यस प्रति गैर जिम्मेवार देखिएको वडा अध्यक्षहरुको आरोप रहेको छ ।

नेपाल सरकारको नियम अनुसार अषाढ १० गते निति तथा बजेट कार्यक्रम ल्याउने हुदा पनि अहिले सम्म पालिकाले नगर सभा गरी बजेट समेत प्रस्तुत गर्न सकेका छैनन । प्रत्येक महिना कार्यपालिकाको बैठक बस्ने नियम हुदाहुदै पनि लगभग २ / ३ महिना देखि एउटा पनि बैठक नबसेको तथा निमित्त प्रमुख प्रशासकीय अधिकृतले सूचना गर्दा आफु अर्को सूचना गरेर स्थगित गर्ने गरेको कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन ।
उता कार्यवाहक मेयर संग सोध्दा कुनै पनि हालतमा प्रधान बाहेक अरु हाकीमलाई हाजिर नगराउन आफ्नो अडान रहेको बताएकी हुन । प्रधानलाई नै हाजिर गराई कर्मचारीको तलब भता, वृद्ध भता, पोषण जस्ता भता सहित कामकाज अगाडी बढाउन आफ्नो धारणा हरु राखेको थियो।।