रौतहट १९ मंसिर २०८०

उमेश साह , हरपल तेज खबर

स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ स्वयंसेवीकाको संयुक्त प्रयास भन्ने नाराका साथ २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको अवसरमा मङ्गलबार दुर्गा भगवति गांउपालिका द्वारा  आयोजना गरिएको कार्यक्रम सव्य र भव्य तरिकाले सफलता पुर्ण सम्पन  भएको छ ।

हरेक वर्ष पाँच डिसेम्बरमा पर्ने अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवक दिवसका रूपमा मनाउने गरिएको छ । २०औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस १९ मंसिर अर्थात् ५ डिसेम्बरमा मनाइयो ।

यस दिवसलाई खासगरी महिला स्वास्थ्य स्वयंसेविकाको कदर र मनोबल उच्च राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरू नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड हुन् । उनीहरूले आफूले काम गरिरहेको समुदाय र नेपालको स्वास्थ्य प्रणालीलाई जोड्ने पुलको काम गरिरहेका स्वास्थ्य संयोजक दिनेश महतोले मन्तव्य राख्दै बोलेका थिए ।

यिनीहरूको भूमिका गाउँघर तथा दुर्गम ठाउँमा उल्लेखनीय छ, जहाँका मानिस डाक्टरको पहुँचमा हुँदैनन् । सामान्यभन्दा सामान्य रोगको उपचार नपाएर दीर्घकालीन रूपमा रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा महिला स्वयंसेविकाले निकै महत्वपूर्ण काम गरिरहेका हुन्छन् ।

खासगरी, महिला तथा बालबालिकाको स्वास्थ्यको क्षेत्रमा मानिसको ढोका–ढोकामा पुगेर स्वास्थ्य सेवा दिने काम उनीहरूले गरिरहेका छन् । नेपालमा बालबालिका तथा मातृ मृत्यदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको एक दिनेको लागि बनेका दुर्गा भगवती गाउँपालिका अध्यक्ष प्रधुमन चौधरीले उल्लेख उलेख गरेका थिए ।

दुर्गा भगवती गा.पा.स्वास्थय शखाले २०औं महिला स्वास्थय स्वयम सेविका दिवस वार्ड अध्यक्ष प्रधुमन चौधरी जी को अधय्क्षतामा र वार्ड अध्यक्ष ध्रमनाथ चौधरीको प्रमुख अतिथी तथा निमित प्रमुख प्रमोद ठाकुर स्वास्थय शखा प्रमुख दिनेश महतो पोषण फोकल पर्सन मनोज यादव , प्राविधिक सुरज मिस्रा साथै स्वास्थ्य चौकी प्रमुख तथा जनप्रतिनिधिको उपस्थिति महिला स्वा.स्व.सेविकाहरुलाइ सम्मान सहित कार्यक्रम सम्म्पन भएको छ।

फोटो