पर्वत ।। पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी स्थित पोखराचौरमा रहेको राम माध्यमिक विद्यालयमा इन्टरनेट जडान भएको छ । सदरमुकाम कुश्मा बजारको नजिकै रहेर पनि प्रविधिवाट टाढा रहेको विद्यालयमा नवकालिका सामुदायिक युवा क्लवको पूर्ण सहयोगमा इन्टरनेट जडान गरिएको हो । विजया दशमिको अवसरमा आयोजित दशंैमेला कार्यक्रममा संकलित रकमबाट ५० हजारको लगानीमा इन्टरनेट जडान गरिएको क्लवले जनाएको छ । शिक्षा क्षेत्रको सुधार तथा विद्यालयलाई प्रविधिसँग जोड्नका लागि युवाहरुको सक्रियतामा विद्यालयमा इन्टरनेट जडान गरेकोमा विद्यालयका प्रधानाध्यापक विष्णु भुसालले धन्यवाद दिनुभयो । इन्टरनेट जडानसँगै विद्यालयमा आगामी दिनमा स्मार्ट क्लास सञ्चालन गर्ने भुसालले बताउनुभयो ।