रौतहट ०८ मंसिर शुुक्ररबार

उमेश सार्फ हरपल तेज खबर

रौतहट दुर्गा भगवती गाउँपालिका वडा नं.३ मत्सरीमा मामाघर बस्दै आएको अरबीन्द सहनीको संकास्पत शव फेला परेको।

पिपरा गौर सडक खण्डमा पर्ने झाझ नदीमा निर्माणाधिन पुलको पिलरको रिंगमा एक युवकको शव फेला परेको छ । रौतहट जिल्लाको माधवनारायण नगरपालिकाको लौकाहा घर भई हाल दुर्गा भगवती गाउँपालिका वडा नं. ३ मत्सरी मामाघरमा बस्दै आएको अरबीन्द सहनीको शव फेला परेको हो । तपलाल सहनीको नाति सुखिया देवीको २१ बर्षिये छोरा अरबीन्द सहनिको शव रहेको प्रहरीले पुष्टि गरेका छन् । पिलरको रिंगबाट शव बाहिर निकालेर उसको पर्समा रहेका कागजातबाट मृतकको पहिचान खुलेको बताइएको छ । युवक अरबीन्दको कुन कारण हत्या भएको त्यस वारे प्रहरीले गहन अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फोटो