राैतहट २६ असोज ।। हनुमत कु. यादव ।। राैतहट जिल्लाको सदर मुकाम गौर नगरपालिका बाट स्रोत नखुलेको नेपाली रुपैया सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन । आज दिउसोको समयमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला रौतहट गौर नगरपालिका वडा नं.१ ट्रसमिटर चोक स्थितमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR-30-V-0531 नं. को मोटरसाईकल लाई शंका लागी रोकी चेक जाँच गर्दा सो मोटरसाईकलको बाँया हैण्डिलमा कालो प्लास्टिकको झोला चेक जाँच गर्दा स्रोत नखुलेको नेपाली रु.९,६४,०००।– (नौँ लाख चौसठ्ठी हजार) फेला परेको छ ।

मोटरसाइकिल चालक भारत बिहार जिल्ला सितामढी नगरपंचायत बैरगनियाँ वडा नं.६ बस्ने अंदाजी बर्ष ३६ को राज कुमार भगत लाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएका छन ।