मंसिर १२ रौतहट ।। नेपाली कांग्रेस पार्टी नेपालको १४ औ महाधिवेशन अन्तर्गत रौतहटमा नेपाली काग्रेस पार्टीको महाधिवेशन नजीकदै जादा रौतहटको ४ निर्वाचन क्षेत्र मध्ये २ न. निर्वाचन क्षेत्रमा वाडा देखि क्षेत्रीयस्तर सम्म निर्बिरोध सर्वसहमति बाट समिति र प्रतिनिधि चयन भएको पार्टी स्रोतले जनाएको छ ।

 रौतहटको निर्वाचन क्षेत्र न. २ पुर्ब मन्त्री मह्म्द अफताब आलमको गढ मानिएको क्षेत्रमा ४१ वाडा , ४ वटा नगरपालिका ,२ वटा बिधान सभा र १ वटा निर्वाचन क्षेत्रका सबै समिति र महाधिवेशन प्रतिनिधि सर्ब-सहमति बाट छानिएको नेपाल तरुण दल रौतहट सभापति मो नौसाद आलमले बताउनु भएको छ।

पुर्ब मन्त्री मह्म्द अफताब आलम झुठो मुद्दामा पुर्वपक्ष अनुसन्धानको क्रममा जेलमा रहेपनी जनताको लोकप्रियता अझै बढेकोले उनको क्षेत्रमा सर्बसहमती हुनु अनौठो रूपमा लिएको नेपाली काग्रेश रौतहटका नेता रामचन्द्र गिरिको बुझाइ रहेको बताएकाछन ।

क्षेत्र न.२ को सभापतिमा शेख फैज्जुल्लाह चयन हुनु भएको छ भन्ने बिधान सभा ” क” मा लालबिहारि र” ख” मा रामबाबु पटेल सर्ब-सहमति बाट छानिएको छ । त्यस्तै बौद्धि माई पालिकाका सुनिल प्रासद जैसवाल , परोहा नगपालिका बाट जवाहरलाल साह , राजपुर नगरपालिका वाट शेख वहिद र ईशनाथ नगरपालिका वाट शिवशंकर प्रासाद सिन्हा निर्बिरोध चयन भएको छ ।