रौतहट ,२० असार ।। मधेस प्रदेस सरकारका स्वास्थ्य मन्त्री बीरेन्द्र प्रसाद सिंह ले स्वास्थ्य क्षेत्रलाई नमुमना बनाउन अहोरात्र दिन लागि परेका छन । आम जन्तालाई विना कुनै संकोच वा राजनैतिक पहुच नपरोस भन्ने किसिमका बातावरण बनाउन भने चााहना रहेको अनुरुप अगाडि बढीरहनु भएको छ ।

त्यसै क्रंममा प्रादेशिक अस्पताल जलेश्वरलाई १०० सैयाको संचालन अनुमती दिएको एक दिन नबित्दै  माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह आज जलेश्वर अस्पतालको अवस्था सुधार गर्ने उद्देश्य ले रात्रीकालीन निरीक्षण गर्नुभयो ।


अस्पताल सेवा सुदृढीकरण , स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन साथै अस्पताल सेवा को उच्चतम गुणस्तर सुनिश्चितता का लागि आउने दिन मा यस प्रकार को अनुगमन र निरीक्षण आवस्यक रहेको छ । अस्पताल र क्रमचारीलाई उपकरण समाग्री सहित आवश्यक पर्ने सबै थोक सहयोग गर्ने वाचा समेत गरेका छन ।

 

साथै जलेश्वरवसी ले आउने दिन मा अन्त जान नपरोस भने कल्पनाका साथ यस अस्पताललाई हरेक किसिमको सेवा सुबिधा प्रदान गरिने र सहजताका साथ सेवा सुुविधा लिन आम जनसमुदाय सगं अनुरोध समेत गरेका छन । साथै निरिक्षणको क्रममा अस्पतालमा रहेका बिरामीहरु संग कुराकानि गर्दै कुनै किसिमका असुविधा भए लगत्तै म लाई समपर्क साधि जानकारी गराउन समेत भनेका छन । अस्पतालका व्यवस्थापक समिति र पदाधिकारी डाक्टर कर्मचारीहरु लाई ईमन्दारी र निष्ठापुर्वक सहज र सरल भाषा सहित मुस्कान सहित सेवा प्रदान गर्ने भनि निर्देशन दिनुभएको भनि मन्त्री सिंहको सवकिय सचिव निकेश त्रिपाठी ले हरपल तेज खबर लाई जानकारी गराउनु भयो ।