७ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले १४औं महाधिवेशनको कार्यतालिका पास गरेसँगै सभापति शेरबहादुर देउवा मैदानमा उत्रिएका छन् । तर उनलाई लामो समयदेखि उनकै टिममा रहेको उपसभापति विमलेन्द्र निधिले चुनौती दिएका छन् ।

निधिले प्रष्ट भनेका छन्, ‘१४औं महाधिवेशनमा सभापतिमा लड्छु ।’ निधिका अनुसार आजका मितिसम्म सभापतिका लागि सात जना उम्मेदवार देखिएका छन् । १३औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका देउवा, रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला अनि त्यसबेला प्रतिस्पर्धा नगरेका उनीसहित प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइराला । र, उपसभापति निधिका भनाइमा, उनी पछि हट्ने एउटै सम्भावना छ, ‘सर्वसम्मत नेतृत्व चयन ।’  सभार