रौतहट गौर
रौतहट गौर नगरपालिकाको पश्चिम पट्टीमा पर्ने लाल बकैया नदी मा केहि दिन अगाडि पानिको बहाव बढे संगै कटान तिब्र पारे संगै नगरपालिका स्थित सोवार्नामाई मन्दीर घाट सामुने नदीले कटान तिब्र पारेको थियो।

काटन ले टिकुलिया गांउनै जोखिम अवस्था मा परेको थियो । नगर प्रमुख आफै कटान गर्ने ठाउंमा पुग्नु भई निरिक्षण गर्नु भएको थियो ।

नगर र नगरबासि को जिउ धनको सुरक्षाको जिम्मेवारी पाउनु भएको नगर प्रमुख शम्भु साह ले नदी (जल उत्पन) नियन्त्रण कार्यालयमा काटन बारे जानकारी गराउदा ततकाल केहि गर्न न सकने भने पछि नगरको सुरक्षार्थ कटान नियन्त्रण गर्न नगरको आन्तरिक स्रोत बाट ३ वटा ठोकर निर्माण गर्न निर्देशन गर्नु गर्नु भएको थियो । निर्देशन अनुरुप स्पाईन ठोकर निर्माण गराउन कटान स्थल दैनिक आफै पुगि बलियो भरपर्दो बनाउन समेत निग्रानि र निरिक्षण गर्ने गरेको कुरा गौर नगरपालिका का निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुर ले जानकारी गराउनु भयो । नगर प्रमुख शम्भु साह काम बिषेश ले भारत गएको बेला समेत जन्ताको जिउ धन शान्ति सुरक्षा तथा निर्माण कार्यमा कुनै कमि हेरचेकराई नभएको र नगर प्रमुख ज्यु कै निति निर्देशन अनुरुप कार्य भई रहेको कुरा नगर प्रबक्ता तथा वडा नम्वर ९ का वडा अध्यक्ष अर्जुन कुमार सिंहले बताउनु भयो । प्राविधिक टोलिको साथ कटान स्थल दैनिकि पुगि निग्रानि निरिक्षण समेत गर्ने गरेको कुरा निमित्त प्रमुख प्रशासकिय अधिकृत सुभाष कुमार ठाकुर ले हरपल तेज खबर लाई जानकारी गराउनु भयो ।