रौतहट, १७ माघ । गौर नगरपालिका ५ मा रहेको फुलतारा डेरी उद्योग रौतहटमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा अखाद्य बस्तु बरामद ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गौर नगरपालिका वडा नम्वर ५ मा रहेको फुलतारा डेरी उद्योेगमा मंगलवार छापा मारेकाे हो ।
डेरीका संचालक राजपुर नगरपालिका वडा नम्वर १ भगवानपुर का महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संचालक मतिउल्लाह सहित अन्य २ जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएर अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त डेरी बाट अखाद्य पदार्थको प्रयोगगरी तयार पारेको घिउ गौर, काठमाडौं सहित देशका विभिन्न बजारहरुमा बिक्री गर्ने गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढामगरले डेरीमा छापा मारेर बरामद बस्तुहरुको परिक्षण गरेर कानुन अनुसार दोषि माथी कार्वाही गर्ने बताएका छन ।
एसपी बुढामगरले भने ,”खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय लाई खवर गरिसकेका छौ, अनुशन्धान प्रक्रिया चाडै अघि बढ्छ ।”
रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मानव स्वास्थ्यमा हानी पुर्याउने अखाद्य बस्तुहरु विक्री वितरण गर्दै आएको उजुरी पछि प्रहरी र प्रशासन कार्यालयका कर्मचारीको रोहवरमा फुलतारा डेरी उद्योगमा छापा मारिएको बताए ।
उनले भने,” बरामद भएको बस्तुको परिक्षण गरेर कानुन बमोजिम कारवाही हुन्छ ।”
केही दिन अघि त्यस्ततै पदार्थ मिसाएको २७ ड्रम घिउ रौतहटको इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले बरामद गरेकाे थियो ।