रौतहट जिल्लाको देवाहि गोनाही नगरपालिका मा आज बिभिन्न कार्यक्रम आयोजना गरी राष्ट्रिय  बाल दिवस मनाइएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महा सन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । त्यस एता नेपालमा पनि हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवसमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मनाइएको छ ।

आज देवाही गोनाही नगरपालिका स्थिति जय किसान उच माध्यमिक बिधालयको प्रांगणमा नगर प्रमुख मेयर प्रेमलाल साहको प्रमुख अधितिमा ५९ औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सो कार्यक्रमको बिषिष्ठ अथिति नगर उपप्रमुख उपमेयर परनिया देवि पटेल तथा विभिन्न वडाका वडा अध्यक्षहरु अथितिको रुपमा उपस्थिति रहेको थियो समुदायिक बिधालयहरुका साथ साथै संस्थागत बिधालय का बिद्यार्थी तथा शिक्षक शिक्षिकाहरु को उल्लेखनिय  उपस्थिति रहेको थियो ।

सो अवसरमा नगर प्रमुख प्रेमलाल साह ले बालबालिका नै भविष्यका कर्णधार भएकाले उनीहरूको उचित पालनपोषण‚ शिक्षादीक्षाका साथै समग्र व्यक्तित्व विकासका लागि आवश्यक अवसर र सुविधाको व्यवस्था गर्न हामी सबैलाई राष्ट्रिय बाल दिवसले थप प्रेरणा प्रदान गरेको विश्‍वास व्यक्त गरेका थिए ।

बालविवाह, उमेर नपुगी र जबरदस्ती गरिने विवाह न्यूनीकरणका बारे समेत आफ्नो मन्त्वयमा राख्नु भएको  थियो। विभिन्न कार्यक्रम मा सहभागी बिद्यार्थी भाइ बहिनि हरु लाई प्रमाण पत्र नगद सहित गमछा ओठाई नगर प्रमुख प्रेमलाल साह द्वारा सम्मानि गरिएको थियो । कार्यक्रम ले सबै सहभागि, सरोकारवाला तथा बाल बालिका हरुमा थप हौसला प्रदान गरेको कुरा कार्यक्रममा सहभागि देवाहि गोनाहि नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष ओपेन्द्र साह ले हरपल तेज खबर लाई जानकारी गराएका छन ।