०९ मंसिर २०८० शनिबार ,हरपल तेज खबर

बाराको कलैया उपमहानगरपालिकाको वडा १३ बलिरामपुर मा नि:शुल्क आँखा शिविर नेपाल विश्व हिन्दु महासंघ रौतहट अध्यक्ष त्रिभुवन ओझा र पुर्व वडा अध्यक्ष राजन कुर्मि सहित ले ज्योति प्रदान गर्ने संकेत मैनबत्ति बालि कार्यक्रम उद्घाटन गरि शिविर संचालन गरेका थिए। सेवा प्रदान गर्न आएका कर्मचारी उपस्थित सबै लाई गमछा र टिका लगाई त्रिभुवन ओझाले सम्मान का साथ स्वागत गरेका थिए।

कलैया उपमहानगरपालिका वडा नम्वर १३ अधारभुत  बलिरामपुर स्कुल भवनमा Seva.orgको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल बिरगंज प्रवानिपुर द्धारा आज आयोजित निशुल्क आँखा शिविरमा ४२० जना विरामीहरुले आँखाको परिक्षण गराएका थिए ।

 जसमा २५५  जनालाई निशुल्क औषधी, १६६ जनालाई निशुल्क चश्मा वितरण गरिएको केडिया आँखा अस्पताल शिविरका बाह्र कार्यक्रम संयोजक रासनारायण साहले जानकारी गराएका छन ।

आँखा परिक्षणको क्रममा मोतिया विन्दु भएका १३३ जना विरामीलाई आंखा शेेैल्कृया को लागि केडिया आखा अस्पतालमा चरणबद्ध सोमबार देखि बुधबार सम्म बोलाईएको कुरा कार्यक्रम संंयोजक रासनारायण ले हरपल तेज खबरलाई जानकारी गराएका छन ।

उनिहरुको भोलि सोमबार ११ गते ०९ बजे देखि बुधबार  शैल्यक्रिया गरिने कार्यक्रम सयोंजक ले जानकारी गराएका छन । उनीहरुको शैल्यक्रिया, औषधि, चस्मा निशुल्क हुने बताएका छन । निशुल्क आँखा शिविरलाई व्यवस्थापन मिलाउन A+WOMEN s HEALTH Care & General Hospitalको संचालक बिकाश ओझाको बिषेश सहयोग र सहकार्य गरेको समेत उनले भने ।

नेपाल विश्व हिन्दु महासंघका रौतहट जिल्ला अध्यक्ष तथा रातो नेपाल मिडिया प्रा.लि.अध्यक्ष त्रिभुवन ओझाको स्थानीय आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक रासनारायणले जानकारी गराएका छन । जन्ताको सेवा र समाज समृद्धि सुखि बनाउन अठोट लिनु भएका त्रिभुवन ओझाको कार्यमा सरिक भई सेवा उपलब्ध गराई आंखा जस्तो समबेदनशिल अंगलाई ज्योतिमय प्रदान गर्ने मौका पाए पछि आफुले कर्तव्य पालना गरेको महसुस भएको विकाश ओझाले बताए । आफ्नै गाउँ ठांउ बलिरामपुरमा पहिलो पटक समाजको आंखा चेक गराउदा खुसि हुदै सबैको साथ सबैको बिकास सुखि ब्यक्ति समृद्ध समाजको चाहना र लक्षय लिएका सदैव समाजमा प्रगति चाहने समाजको सेवा गर्दा आन्द महसुस हुने  अध्यक्ष तथा समाज सेवि त्रिभुवन ओझा ले बतााएका छन ।सेवा प्रदान गर्न गएका स्वास्थ्यकर्मि नेत्र अधिकृत ,चस्मा रोग विशेषज्ञ ,नेत्र सहायक ,बाह्रय कार्यक्रम संयोजक रासनारायण साह,आखां स्वास्थ्य कार्यकार्ता,आखां स्वास्थ्य कार्यकार्ता ,चस्मा फिडर , चालक लगाएत शिविरमा खटिएका कर्मचारी सहयोगीहरु लाई स्थानीय आयोजक त्रिभुवन ओझा ले धन्यवाद ज्ञापन गरेका थिए।

निशुल्क आँखा शिविरको तस्वीर फिचर