रौतहट, २९ मंसिर

एलआईसी नेपाल लिमिटेडले गर्दै आएको फर्जिबाडाको बीच अर्को गोरखधन्धा सार्वजनिक भएको छ ।
एलआइसी नेपाल लिमिटेडले बिमालेख जारी गर्न कानुनी रुपमा निरोगिता प्रमाणपत्र को डाक्टरको किर्ते हस्ताक्षर, छाप प्रयोग गरेर कम्पनीमा पेश भएको गोरखधन्धा सार्वजनिक भएको हो ।
बिमा लेख जारि गर्न कानुनी रुपमा ईजाजत पत्र प्राप्त डाक्टरहरुबाट मात्र मेडिकल बिबरण भर्ने ब्यबस्थालाई कम्पनीकै शाखा प्रमुख, प्रदेश प्रमुख र सीईओ प्रणय कुमार भारतीय मुलका मिलोमतोमा लाखौ लाख रुपैया भ्रष्टाचार गरि सकेको र हाल पनि निरन्तरता दिदै आएर रुपैया बाडी चुडी खाएर ति मेडिकल बिबरणहरु नेपाल भरीनै बिभिन्न डाक्टरहरुको किर्ते सहि गरेर स्टाम्पपैडको समेत दुरुपयोग गरी नेपाल राष्ट्र र मेडिकल पेशा लाई समेत पुरा विश्व मा बदनाम गराएका छन् ।
एलआइसी नेपाल लिमिटेडको उदेशय विपरित एलआईसी भारतको (५५%शेयार्पुजी , उच्चपदस्त पदाधिकारी समेत भारतकै, आईटि भारत कै चेनईबाट कन्ट्रोल हुने भएका ले) गलत कार्यमा लागिपरेका ले समय मै गम्भिर भएर कानुन मिच्ने गिरोहलाई कानुनको दयारामा ल्याएर ती गैर जिमेवारी पदाधिकारीहरुलाई हदैसमको कारवाही गराई मेडिकल पेशा र नेपाल राष्ट्र लाई विश्वमा बदनाम हुनबाट जोगाउन र निर्देशित गरिदिन समन्धित सरोकार वालाहरुमा खुल्ला रुपले अनुरोध गरिएको छ ।
नेपाल राष्ट्रलाई बदनाम गराउने सप्रमांणको रुपमा बिगत ६ महिना देखि विभिन्न समाचार माध्यमहरुमा निरन्तर रुपमा समाचार सम्प्रेषण र एल आई सी नेपाल लि मधेश प्रदेश जनकपुर धाम मा बिगत २३ दिन देखि पिडित समुह ले लगाएका ताल्चा न खोलाउन सक्नु नै गैर जिमेवारी पदाधिकारीहरु र गिरोह नै बनाएर आम जनता लुट्दै आएको छ ।
अन्य बिमा कम्पनीको तुलनामा नम्वर वन बन्ने होडबाजीमा एक दुइ जना नभई एक लाख भन्दा बढि विना प्रक्रिया विमालेख नेपाल भरी खुलेको लायन पाण्डे सतेन्द्र पाण्डेले सम्बध निकायलाई चुनौती दिएको छ । सप्रमाण आरोप नियामक निकाय र सरोकारवाला निकायहरु माथि लगाएको र भारतीय दलाल कमपनिकै सिइओ प्ररण कुमार र मधेश प्रदेश प्रमुख सुजित कुमार ठाकुर को प्रभावमा परी नेपाल राष्ट्रलाई विश्वमा खुल्ला रूपले बदनाम गरिदा तत्कालिन अवस्थाको गम्भीरतापुर्वक लीन विमाप्रेमीहरु मा खुल्ला रुपले अपिल पाण्डेले गरेका छन् ।
कम्पनीले गरी सकेका लिखित हस्ताक्षर औठा छाप सहित स–प्रमाण सहमतीय लिखित रुपमा गरेका कार्यान्वयन गरी मधेश प्रदेश कार्यालय जनकपुर मा २३ दीन देखि लगाएका तलचा खुलाउन नसक्नु कमपनिकै पदाधिकारीको रबैया गलत र नैतिक रुपले पदमुक्त हुन लायन पाण्डेको चेतावनि सहित फेरि सशक्त रुपमा विवषता बस आउने चेतावनि दिदैं केही घटना घटे सम्पुर्ण दोस कम्पनिकै सिइओ प्रणय कुमार र मधेश प्रदेश प्रमुख सुजित कुमार ठाकुर लाई लिनुपर्ने पिडितहरु लगायत लायन पाण्डे को खुल्ला रूपले चुनौति दिए ।
पटक पटक समस्या समाधान गर्न पदाधिकारीहरुलाई अनुनय अनुरोध गर्दा समेत अटेरी गर्दै आएपछि चेतनावनि दिदैं पाण्डेले नैतिक रुपले विमा प्रेमीहरुमा खुल्ला रुपले अनुरोध गरेका छन ।
नेपाल सरकार र सम्बन्धित निकाय सुरक्षाको ग्यारेन्टी गरेर लाख भन्दा बढी फर्जीबडा गरकै सप्रमाण आफु ती निकायको सामान्यमा दिन सक्षम रहेको कुरा समेत उनले अनुरोध गरेलो पाण्डे ले बताएका छन ।