२६ मंसिर २०८० मंगलवार

रौतहट , हरपल तेज खबर

श्री सरस्वती माध्यमिक बिधालय देवाही गोनाहि ३ रौतहटको प्रधानाध्यापक उमेश कुमार यादव ले अनाधिकृत शुल्क असुलि , चरम भ्रष्टचारी , बिधालयमा शौचालय खानेपानिको समस्या , समयमा शिक्षक न आउनु ,ब्यबस्था बिहिन लगाएत समस्या लाई लिएर बिद्यार्थीहरु आन्दोलित भएका छन ।


नगरपालिकाबाट निशुल्क शिक्षा निति ल्याएको हुदां हुदै पनि बिधालय प्रमुखले आफु खुशि परिक्षा शुुल्ककको नाम नाम ५०० र बिधुत्तको नाममा २०० गरि ७०० सम्म लिएको हुदां बिद्यार्थीहरु आन्दोलन स्कुल हडताल समेत गरेका थिए । स्कुलमा शौचाालय न भएर छात्रहरु बाहिरै पिसाव गर्ने गरेको देखिएको थिियो । त्यसतै छात्राहरु घर जान बाध्यभएको एक छात्राले बताए कि थिईन । पानि घर बाट ल्याएर मात्र खाने सुविधा र किताव बितरण दिवा खााजा शिक्षकहरू समय मा न आउनु समय र ब्यबस्थापन नभएर बाध्य भएर विद्यार्थीहरु आन्दोलन गरि स्कुल हडताल गरेका थिए । सोहि बिषयमा स्कुल प्रमुख उमेश कुमार यादव संग कुरा गर्दा नगरपालिका बाट पारित भए पनि हामि काहा रकम प्राप्त नभएर विद्यार्थीहरु संग पैसा उठाएको बताउनु भएको थियो । विद्यार्थीहरु स्कुल हडताल गरि समस्याहरु लिई नगरपालिकाको कार्यालय देवाही गोनाही समेत पुगेका थिए । बिद्यार्थीहरुको समस्या समाधानका लागि कार्यपालिकामा पेश गरि छल फल भई समस्या समाधान तर्फ जाने र अनाधिकृत शुल्क लिने लाई कार्वाहि गरिने र विद्यार्थीहरुको पैसा फिर्ता गराउने भएका छन ।

फोटो :-