रौतहट  । सर्लाहीको सदरमुकाम मलंगवा वडा नं. ३ मा केहि दिन अगाडि विश्वकर्मा मुर्ति सेलाउने क्रममा मुस्लिम समुदाय बाट भएको हिंसातमक घटनामा रुपेश यादव लगायत ७/८ जना माथी छुरा प्रहार गरिएको घटना प्रति गम्भीर आपत्ति प्रकट गर्दै समतामूलक समाज निर्माण महाअभियान तथा नेपाल विश्व हिन्दु महासंघ द्वारा संयुक्तरूपमा गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन।

उक्त घटनाको निष्पक्ष छानबिन गरि दोषी लाई यथाशीघ्र  कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कानुनी कार्यवाही तथा पीडित र घाइतेहरुको उपचारको लागी न्यायोचित क्षतिपूर्ति को माग गर्दै ज्ञापन पत्र बुझाइएको महाअभियान तथा महासंघको महासचिव अभिषेक तिवारीले बताए ।

उक्त अवसरमा नेपाल बाट मुस्लिम आयोग खारिज को प्रस्ताव समेत राखिएको।समतामूलक समज निर्माण महाअभियानका राष्ट्रिय संयोजक बिजय प्रकाश निषादले जानकारी गराउनु भयो ।उक्त अवसरमा नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय अध्यक्ष शंकर पौडेल, महाअभियान कि उपाध्यक्ष सुनिता साह क्रान्ति तथा सचीव डा. ऋषि साह लगायतको उपस्थिति रहेको थियो। सर्लाहीको मलङ्गवा मुर्ति बिसर्जनमा भएको घटना निन्दनीय हो बिदेशि डलरमा संचालित केहि ब्यक्तिहरुले घटना लाई लिएर रौतहट मा जातिए विभेद गराउने समाजिक संजालमा देखिएको पोष्ट प्रति सचेत रहन नेपाल विश्व हिन्दु महासंघ रौतहट अध्यक्ष त्रिभुवन ओझा ले सबैमा आग्रह सहित घाईते हिन्दु योद्धाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।