रौतहट ०६ आश्विन ।। हनुमत कुमार यादव ।। रौतहट लगायत देशभर आज ४३ औ सामाजिक सेवा दिवस तथा प्रथामिक उपचार दिवश भव्यताका साथ म्नायिएको छ । जिल्ला जुनियर/युवा रेडक्रस समिति रौतहटको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा र सामुदायिक युवा रेडक्रस सर्कल मुडवलवाको सहकार्य एवं गौर नर्सिङ इन्स्टिच्युटको सहयोगमा मुडवलवा मोड देखि राजदेवी मन्दिर जाने बाटोमा केहि दिन पहिला जिल्लाका सक्रिय युवाहरु द्वरा रोपिएको वृक्षहरुमा पानी हाली सामाजिक सेवा तथा प्रथामिक उपचार दिवस भव्यताका साथ म्नायिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा सभापति राजकिशोर प्रसाद यादवको प्रमुख अतिथि रौतहट जिल्ला जुनियर/युवा रेडक्रस समितिका सदस्य अरुण कुमार जयसवालको अध्यक्षतामा रोपिएको वृक्षहरुको सह्यर ,वातावारण संरक्षणमा मदत पुग्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखाका मन्त्री धर्मेन्द्र प्रसाद सिंह बताएका छन् ।

कार्यक्रममा अतिथि स्वरुप मिडिया प्रा. लि सञ्चालक हनुमत कुमार यादव, गौर नर्सिङ इन्स्टिच्युट का शिक्षिका निता लेखी एवं सक्रिय स्वयंसेवक भुपेश पटेल लगायत विधार्थीहरुको सहभागीता रहेको थियो । जिल्ला जुनियर/युवा रेडक्रस समितिले सहभागीलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।