रौतहट ०२ कार्तिक

नेकपा एमाले फतुवाविजयपुर नगरकमिटी द्वारा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भयएको छ ।


कार्यक्रमका प्रमुख अथिति केन्द्रीय नेता तथा मधेस प्रदेशका ईन्चार्ज योगेश भट्टराई बिशिस्ट अथिति केन्द्रीय नेता पुरुषोत्तम पौडेल पार्टी केन्द्रीय सदस्य अजय कुमार गुप्ता मधेस प्रदेश उपसचिव आरति भण्डारी गरुडा नगर प्रमुख कन्थमणि जैसवाल पार्टी  जिल्ला ईनचार्ज लगाएत

राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेश उपसचिव ओम प्रकाश साह मधेसीया रौतहट प्रचार प्रसार प्रमुख रुपेश पटेल देवाहि गोनाहि नगर प्रमुख प्रेमलाल साह उप प्रमुख परनिया देवि पटेल वडा अध्यक्ष ओपेन्द्र साह लगाएत जिल्लाका पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रम मा नेकपा माओवादी केन्द्रका शिव पुजन यादव जसपा नेपालका प्रभात कुमार कुशवाह,भागवत चौधरी र उपेन्द्र साह तथा नेकपा एसका विरेन्द्र यादव सहित २०० भन्दा‌ वढि नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन।     नवप्रवेसि सवैलाई प्रमुख अतिथि प्रमुख अथिति योगेश भट्टराईले टिका लगाई स्वागत गर्नुभएको ओम प्रकाश साह ले हरपल तेज खबर लाई जानकारी गराएका छन ।


कार्यक्रम पश्चात् नगर पार्टी कार्यालय फतुवा बिजयपुरको उद्घाटन समेत गरेका थिए ।