चेैत १९ सोमबार  २०८०

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्थ्य मन्त्री मा. वीरेन्द्र प्रसाद सिंह ले मुख्यमन्त्रीलाई वुझाए १२ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन ,

नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति एवम् संसदीय दलका उप नेता वीरेन्द्र प्रसाद सिंहले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज कुमार यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पूर्व प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका उपसभापति सिंहले आइतवार ध्यानाकर्षण पत्र मार्फत आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएका प्रयासलाई निरन्तरता प्रदान गर्न आग्रह गरेका हुन ।
उपसभापति सिंहले नेपालको ७ वटै प्रदेशमा सबैभन्दा सुगम र अनुकुल वातावरण भएको मधेश प्रदेश सूचनाको अभाव संगै आर्थिक, सामाजिक रुढीवादी प्रचलन तथा संस्कृति जस्ता कारणले गर्दा दुर्भाग्यवस देशकै सबभन्दा अशिक्षित, गरिव र मानव विकास सूचांकमा अत्यन्त नाजुक प्रदेशको रुपमा यो प्रदेश चिनिएको उल्लेख गरेका छन् ।

उनले कुनै पनि प्रदेश र देशलाई समृद्ध बनाउन प्रथम तहः त्यहाँका नागरिक स्वस्थ्य र शिक्षित हुन जरुरी रहेको ध्यानाकर्षण मार्फत भनेका छन् ।
मधेश प्रदेशमा नागरिकको स्वास्थ्य सुरक्षा सम्वर्धन जनचेतना अभिवृद्धि र सुधार सम्बन्धी बहु आयामिक कामहरु तिव्रताका साथ नगरी यस प्रदेश लाई स्वस्थ्य, शिक्षित, समृद्ध र मानव विकास सूचांकमा प्रदेशको तस्विर सँगलो पार्न नसकिने ध्यानाकर्षा पत्रमा उनले लेखेका छन् ।
उनले नेपालको संविधानले समेत स्वास्थ्य सेवालाई नागरिकको मौलिकहकको रुपमा व्यवस्था गरी प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने र कुनै पनि नागरिक आकस्मिक स्वास्थ्य सेवा बाट बन्चित नहुने प्रत्याभूति गरेको उल्लेख गर्दै,त्यस अनुरुप बिभिन्न भूमिका निर्धारण गरी आधारभुत स्वास्थ्य सेवा प्रवाह प्रति देशका तिन वटै सरकारलाई जिम्मेवार वनाईएको उल्लेख गरेका छन् ।
निःशुल्क प्राप्त हुने प्रवर्धनात्मक,प्रतिकारात्मक, निदानात्मक र पुर्नस्थापनात्मक सेवाका अतिरिक्त पनि अन्य विशिष्ठ स्वास्थ्य सेवाहरुमा नागरिकको सहज पहुँच गुणस्तर र उपभोग कायम गराउने दायित्व पनि सरकारकै हो भन्ने कुरालाई आत्मसात गर्दै मधेश प्रदेश सरकारको आ।व। २०८०र०८१ को नीति कार्यक्रम ल्याएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
बजेटमा यहाँका नागरिकहरुमा गुस्तारिय स्वास्थ्य सेवा प्रवाह सहज पहुँच र उपभोग वृद्धिको लागी योजनाबद्ध ढंगबाट मानव बिकास सूचांकको अवस्था बलियो बनाउन स्वास्थ्य क्षेत्रमा रहेको बिधमान वेथिति, विसंगति र विकृतिहरुलाई निर्मुल पारेर सर्व साधारणको सहज पहुँच हुने गरी कार्य अघि बढाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।

आधारभूत स्वास्थ्य सेवा र विशेषज्ञय स्वास्थ्य सेवाकालागी स्वास्थ्य संस्थाहरुको विस्तार, र गुणस्तर वृद्धि तथा प्रदेश भरि मै पूर्ण सुरक्षित मातृत्व, पूर्ण खोप, कुपोषण मुक्त, गरिवीका कारण स्वास्थ्य उपचार गराउन नसक्ने गरिव जनताको निशुल्क उपचार, प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरवृद्धि गर्न प्रदेश सरकारबाट अधक जनशक्ति प्रदान, प्रादेशिक अस्पतालहरुको क्षमता अभिवृद्धि गर्न आवश्यक उपकरण, बिशेषज्ञय चिकित्सक र स्वास्थ्यकर्मीहरुको भर्ना, वितिय व्यवस्थापन सुधार कार्य गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ।
संसदीय दलका उपनेता समेत रहेका उपसभापति सिंहले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटबाट चालु आ।व। मा सम्पन्न हुनेगरी तीव्रताका साथ अगाडि बढेका कार्यहरू फेरि सुचारु गरी यसै आ।व। मा सञ्चालन हुने गरी यथाशीघ्र प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् ।