रौतहट ११ आसर ।। रौतहटको देवाही गोनाही नगरपालिकाको सातौं नगरसभा आइतवार भव्याताका साथ सम्पन्न भएको छ । देवाही गोनाही नगर कार्यपालिकाको कार्यालय सभाहल आयोजित कार्यक्रमका बीच नगरपालिकाको सातौं नगरसभा सभ्य एवं भव्य सम्पन्न भएको हो ।

देवाही गोनाही नगर प्रमुख प्रेम लाल साह प्रमुख आतिथ्यमा सम्पन्न भएको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ का लागि ४१ करोड भन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरसभाले नगरको समग्र विकासका लागि ४१ करोड ७२ लाख ८८ हजार ४०० रुपैयाँको आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । कार्यक्रममा आगामी वर्षको नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । २०८०/०८१ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सो बजेट प्रस्तुत गरिएको नगर प्रमुख प्रेम लाल साहले बताए ।

संघीय र प्रदेश सरकारको वित्तीय समानीकरण, विशेष अनुदान, शशर्त अनुदान, राजस्व बाँडफाँड, समपुरक अनुदान, आन्तरिक आय लगाएतको गरी सो रकम प्रस्तुत गरिएको नगर प्रमुख साहले बताए । शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको उनले बताए । संघियताको कार्यान्वयन गर्दै नगरवासीलाई स्थानीय सरकारको प्रत्याभुति दिलाउने, प्रकोप व्यवस्थापन गर्ने, विकास सुशासनको प्रत्याभुति दिलाउने, कृषि, पशु, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाईमा विशेष लगानी गर्ने, रोजगारीको अवसर श्रृजना गरी युवालाई विदेश प्लायन हुनबाट रोक्ने, पर्यटन प्रवद्र्धनका आयोजनाहरुको पहिचान र कार्यान्वयनमा तिव्रता दिने, सडक एवं अन्य भौतिक पूर्वाधार निर्माण कार्यको स्तरउन्नती गर्ने लगाएत कार्यलाई नगरपालिकाले आफना निती तथा कार्यक्रममा विशेष प्राथमिकता दिएको कुरा उल्लेख छ ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति सभापति राम अयोध्या प्र यादवको प्रमुख अतिथ्यमा , नगर प्रमुख प्रेम लाल साह , उप प्रमुख प्र्निया देवी पटेल , प्र . प्र . अधिकृत सम्भु प्रसाद यादव , वडा न . ५ का वडा अध्यक्ष उपेन्द्र शाह सहित सबै वडा अध्यक्षहरु , पालिकाका जन्प्र्त्निधि हरु ,पालिकाका सह लेखपाल प्रदीप यादव ,कृषि पशु शाखा प्रमुख राम बिनय रजक योजना प्रमुख मुखेश पटेल सहित कर्मचारीगण , सुरक्षाकर्मी , संचारकर्मी , समाजसेवी लगायत भरभालाआद्मिहरुको उस्थिति रहेको थियो ।