मंसिर १३ रौतहट । रौतहट जिल्लाको देवाही गोनाहीमा दौनी गर्न खलिहानमा राखिएको तीन विघाको धान जलेर नष्ट भएको छ । देवाही गोनाही नगरपालिका –७ प्रेमपुर गोनाहीका सुरेन्द्र राय यादब उर्फ बुधाई राय यादवको धानमा आगालागी भएको हो । गत आईतबार रात ३ बजको समयमा सो आगलगी भएको पिडित बुधाई राय यादब बताएको छ ।

काटेर थ्रेसरमा दौनी गर्न खलिहानमा राखिएको ६४० वटा धानको बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानमा कसैले आगो लगाएको हुन सक्ने प्रहरीको आशंका रहेको छ ।आगो लगाईएको बास्तवीक ब्यतिलाई पहिचान गरि कानुनी कारर्वाही सहित क्षतिपुर्तिको पिडित किसानले माग गरेको छ ।

यसपाली समयमा बर्षा हुँदा किसानले रमाएर धान रोपेको थियो । तर पाकेको धान र घरमा भित्रियाउने समयमा परेको बेमौसमि बर्षाको कारण धेरै किसानहरुको धान बर्षा र हावाको कारण खेतमा नै जमेको थियो ।त्यसकारण किसान झन मारमा परेको थियो । सरकारले क्षति भएको किसानलाई क्षतिपुर्ति दिने भनि पनि कुनै चासो न देखाईएको किसानले गुनासो गरेका छन ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी भण्डारीले जानकारी दिए ।