रौतहट, १७ बुधबार असोज ।

रौतहटको देवाही गोनाही नगरपालिकाको वडा ५ मा  निशुल्क आँखा शिविर वडा अध्यक्ष उपेन्द्र साह र मिसन नेपाल /नेपाल विश्व हिन्दु महासंघ रौतहट अध्यक्ष त्रिभुवन ओझा सहित ले ज्योति प्रदान गर्ने संकेत मैनबत्ति बालि कार्यक्रम उद्घाटन गरि शिविर संचालन गरेका थिए। सेवा प्रदान गर्न आएका कर्मचारी उपस्थित सबै लाई गमछा र टिका लगाई वडा अध्यक्ष उपेन्द्र साहले सम्मान का साथ स्वागत गरेका थिए।

देवाही गोनाही नगरपालिका वडा नम्वर ५ प्रा.वि. टिकुलिया स्कुल भवनमा  डैक फौउन्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल गौर ८ पुरेनवाद्धारा आज आयोजित निशुल्क आँखा शिविरमा २६२ जना विरामीहरुले आँखाको परिक्षण गराएका थिए ।


निशुल्क आँखा परिक्षण गराउनमा महिला १३८ र पुरुष १२४ गरेर २६२ जना विरामीहरुको आँखाको परिक्षण गरिएको छ । जसमा ६८ जनालाई निशुल्क औषधी, ८७ जनालाई निशुल्क चश्मा वितरण गरिएको गौर आँखा अस्पताल शिविरका बाह्र कार्यक्रम  संयोजक सत्येन्द्र पाण्डेले जानकारी गराएका छन ।


आँखा परिक्षणको क्रममा मोतिया विन्दु भएका ५८ जना विरामीलाई आंखा शेेैल्कृया को लागि गौर आखा अस्पतालको बस बाट अस्पताल पुर्याएका थिए ।

 

 

उनिहरुको भोलि बिहिवार १८ गते ०९ बजे देखि शैल्यक्रिया गरिने कार्यक्रम सयोंजक सतेन्द्र पाण्डेले जानकारी गराएका छन । उनीहरुको शैल्यक्रिया, औषधि, चस्मा निशुल्क हुने बताएका छन । निशुल्क आँखा शिविरलाई व्यवस्थापन मिलाउन वडा कार्यालयले सहकार्य गरेको समेत उनले भने । वडा अध्यक्ष उपेन्द्र साह र मिसन नेपाल तथा नेपाल विश्व हिन्दु महासंघका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन ओझाको स्थानीय आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको कार्यक्रम संयोजक पाण्डेले जानकारी गराएका छन । जन्ताको सेवा गर्न र वडा समृद्धि सुखि बनाउन जन्ताले दिएको जिम्मेवारी को बहन गरि सेवा उपलब्ध गराई आंखा जस्तो समबेदनशिल अंगलाई ज्योतिमय प्रदान गर्ने मौका पाए पछि आफुले कर्तव्य पालना गरेको महसुस भएको कुरा वडा अध्यक्ष उपेन्द्र साहले बताए ।     दोस्रोपटक समाजको आंखा चेक गराउदा खुसि हुदै सबैको साथ सबैको बिकास सुखि ब्यक्ति समृद्ध समाजको चाहना र लक्षय लिएका सदैव समाजमा प्रगति चाहने समाजको सेवा गर्दा आन्द महसुस हुने समाज सेवि त्रिभुवन ओझा ले बतााएका छन ।सेवा प्रदान गर्न गएका स्वास्थ्यकर्मि नेत्र अधिकृत बिनिता केसरी ,चस्मा रोग विशेषज्ञ पुनम यादव,नेत्र सहायक अमित दास,बाह्रय कार्यक्रम संयोजक सतेन्द्र पाण्डे,आखां स्वास्थ्य कार्यकार्ता अनिता चौधरी,आखां स्वास्थ्य कार्यकार्ता जितेन्द्र कुमार यादव,चस्मा फिडर राम जनम यादव , चालक गौरीशंकर राउत लगाएत शिविरमा खटिएका कर्मचारी सहयोगीहरु वडा अध्यक्ष उपेन्द्र साह त्रिभुवन ओझा ले धन्यवाद ज्ञापन गरेका थिए ।

निशुल्क आँखा शिविरको तस्वीर फिचर