३ भदऔ उमेश साह रौतहट

संविधान सभाबाट संविधान जारी भएको ८ वर्ष पुरा भएको छ । संविधान जारी भएको अवसरमा बुधबार रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाले संविधान दिवस मनाएको छ ।

दुर्गा भगवती गाउँपालिकाको गा.पा. अध्यक्ष शम्भु कुमार सिंहले देशको राष्ट्रिय झण्डा फराउदै नेपालमा आएको परिवर्तनको रक्षा गर्नु र संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्नु हामी सबैको कर्तव्य रहेको बताउनु भयो।

दुर्गा भगवती गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डि.के.झाले यो सरकारी दिवस होइन, यो आम नेपाली जनताको दिवस हो, नेपालको उन्नति हो, नेपाली जनताको उलब्धि हो।’ उनले भने, ‘नेपालको भविष्यको गोरेटो हो यो संविधान, नेपाली जनताका मौलिक र अन्य हकहरुको प्रत्याभूति हो।’

संविधान दिवस एउटा पार्टी विशेष, विचार विशेष, जाती विशेष भूगोल विशेष, एउटा पेशा व्यवसायको दिवस नभएको भन्दै उनले यो सम्पूर्ण नेपाली जनताको साझा उपलब्धिको साझा दिवस भएको बताए।​

झाले साँझ घर घरमा दीपक बालेर भब्य र सभ्य रुपमा संविधान दिवस मनाउन सम्पूर्ण गाउँपालिका बासीसँग आग्रह समेत गरेका हुन्।

सो कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नितेश कुमार झा,गा.पा.उपाध्यक्ष शिला देवी,वडा नं.४ को वडा अध्यक्ष रामानन्द यादव ,वडा अध्यक्ष सुरेश चौधरी,वडा अध्यक्ष प्रधुमन चौधरी,स्वास्थ्य केन्द्र गंगापिपरा संयोजक दिनेश महतो, राष्ट्रसेवक कर्मचारी लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।