रौतहट ११ माघ ।। हनुमत कु . यादव ।। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा पालिका स्तरीय अध्य्क्ष कप T-20 क्रिकेट टूर्नामेंट सुरु भएको छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि हर्सउलासका साथ खेल सुरु भएको छ । दुर्गा भगवती गाउँपालिका स्थित सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियाको खेलमैदानमा मंगलवार देखि अध्यक्ष कप टि–२० क्रिकेट टुर्नामेन्टको शुभारम्भ भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा र मारुति कल्याण केन्द्र दुर्गा भगवाती गापा.१ को आयोजनामा टुर्नामेन्ट सुरु भएको छ । मधेश प्रदेश नेपाली कांग्रेसका सभापति कृष्णा यादवको प्रमुख अतिथियमा वाहा को हात बाट रिबन काटी खेल उद्धाटन गरी र दुर्गा भागवती गाउपालिका अध्यक्ष अरुण साहको विशिष्ट अतिथियमा गाउँ पालिका स्तरीय अध्य्क्ष कप T-20 क्रिकेट टूर्नामेंट सुरु गरीएको छ ।

अध्यक्ष कप टि–२० क्रिकेट प्रतियोगितको उदघाटन गर्दै नेपाली काँग्रेसको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले खेलकुद आफैमा राम्रो पक्ष रहेको छ । आजको समयमा युवाहरुको क्रिकेट लगायत अन्य खेलमा रुचि बढ्दै गएको बताए । भोलिको दिनमा यसै खेलाडीहरु बाट कुनै खेलाडीले देश समाजको नाम चिनाउने हुन्छ । यसबाट किशोरहरुको वृद्धि विकास, आत्मबल बलियो बनाउन, शारिरीक विकासको साथ यस पालिका भित्र लुकेको प्रतिभालाई प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्नेमा जोड दिए ।

नेपालमा पनि क्रिकेटको भविष्य राम्रो भएको हुँदा अभिभावकहरु आ आफना किशोरकिशोरीहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउनमा हौसला प्रदान गर्नुपर्ने आजको आवश्यक्ता रहेको महसुस गर्दै आउदो दिनमा हाम्रा नभई राम्रा एवं प्रतिभावान खेलाडीलाई छनौट गरी जिल्लास्तरिय, प्रदेशस्तरिय एवं राष्ट्रिय स्तरको खेलमा भाग लिने सक्ने सम्भावना व्यक्त गरे ।

कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुणकुमार साहले पालिकाको ५ वटै वडाका किशोरकिशोरी एवं युवाहरुलाई खेलकुदको माध्यमबाट अगाडी बढाउन पालिकाले हर सम्भव सहयोग गर्ने बताए । प्रत्येक बर्ष हुँदै आएको अध्यक्ष कपको मार्फत यहाँका युवाहरुलाई प्रोत्साहन गरी यस्ता खेलको आयोजना गरिरहेको हुँदा रहरले होइन कि उत्साहपूर्वक यस खेलको मार्फत आफनो प्रतिभाव देखाएर अवसर प्राप्त गर्न समेत उनले सुझाव दिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस मदेश प्रदेश का सभापति कृष्णा यादव,बिसिष्ठ अतिथि दुर्गा भगवती गाउँ पालिका अध्यक्ष अरुण कुमार साह,दुर्गा भगवाती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव, वार्ड नं.२ को वार्ड अध्यक्ष सुरेश चौधरी, वार्ड नं.४ को वार्ड अध्यक्ष रामबाबू यादव, वार्ड नं.५ का वार्ड अध्यक्ष धर्मनाथ चौधरि, सुरक्षाकर्मी, र संचारकर्मी लगायत का उपस्तिथि थिए ।

आजको उदघाटन खेल दुर्गा भगवती गापा वडा नम्वर २ र ५ विच प्रतिसप्रधा भएको र खेललाई पत्रकार पवन राज गुप्तले उद्घोष गरेको आयोजक मारुती क्रिकेट क्लवका अध्यक्ष पंकज गुप्ताले जानकारी दिए ।