रौतहट उमेश र्शाफ

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वार्ड नं.४ पचरुखीमा हेटौंडा सामुदायिक आँखा अस्पताल द्वारा एकदिने नि:शुल्क आखा शिविर सम्पन भएको  छ ।

दुर्गा भगवती गाउँपालिका वडा नं. ४ को श्री माध्यमिक विद्यालयको प्रङ्गनमा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहयोग र स्थानीय गा.पा. को आयोजनमा शिविर संपन्न गरीएको छ ।

शिविर कार्यक्रम वाडा नं ४ का वडा अध्यक्ष रामानन्द यादवको अध्यक्षतामा, गा. पा. अध्यक्ष शम्भु सिंह को प्रमुख अतिथ्य र वडा नं. ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डि.के. झाको विशिष्ट अतिथ्यमा पानसमा दिप प्रज्वलन गरी सुरु गरिएको थियो ।

नि:शुल्क आँखा शिविरमा ५४१ जना को आँखा चेकजाँच गरिएको थियो । समान्य समस्या भएका विरामीहरुलाइ नि:शुल्क औषधि बितरण गरिएको थियो ।  ५४१ जना विरामी चेकजाच गरे मध्ये ४२ जाना लाई मोतियाबिन्दकाे बिरामी पुष्टि भएको थिियो । उक्त मोतियाबिन्द विरामिहरुको शेैल्यक्रििया हेटौंडा समुदाय आंखा अस्पतालमा गर्ने भनि संचालक समितिले जनाएका छन !