सप्तरी भदौ २१ गते ।
टुकी फाउण्डेशनले विहीवार राजविराजमा सामाजिक लेखापरिक्षण एक कार्यक्रमको विच सार्वजनिक गरेका छन ।

सप्तरीको राजविराज नगरपालिका भित्र दुई जना एकल महिला गरिब,असहाय,दिन दुखीलाई शौचालय सहित घर निर्माण र ३-३ वटा बाख्रा हस्तान्तरणमा २५ लाख ५६ हजार ७ सय ५८ रुपैयाँ लागत लागेको टुकी फाउण्डेशनकी सावित्री रजाईलीले जानकारी दिईन । उहाँको अनुसार राजविराज न.पा. १४ का एकल महिला लडु वत्ति मण्डलको शौचालय सहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको बताइन । त्यस्तै राजविराज –९ का सकिना खातुनको शौचालय सहित एक तल्ले चार कोठे निर्माण र ३ वटा बाख्रा वापत १२ लाख ७८ हजार ३ सय ७९ रुपैयाँ लागत लागेको सो कार्यक्रममा बताइन

। सो कार्यक्रममा टुकी फाउण्डेशनका कोडिनेटर महिला सचेतना समाजका अध्यक्ष सुनिता साहले समाजमा अपहेलित,दिनदुखी,असहाय एकल महिलाको आवास निर्माणको साथै आत्मनिर्भरको लागी बाख्रा पालनबाट आय आर्जणमा मदत पुग्ने बिश्वास ब्यक्त गरिन । उहाँले अगामी दिनमा अरु एकल महिलालाई समेटन टुकी फाउण्डेशनकलाई आग्रह गर्नु भईन । सो अवसरमा राजविराज नगरपालिका का.वा.प्रमुख यसरत परविणको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ईजिनियरद्वय केवल दास,अशोककुमार दास,पशु,पंक्षि शाखाका परमेश्वर यादव, टुकी फाउण्डेशनका शुष्मा श्रेष्ठ,रिता राई,घर धनीको तर्फवाट वविता मण्डल र सकिना खातुन लगायत आ आफनो विचार ब्यक्त गरेका कुरा समाजिक  अभियन्ता सुनिता साह ले हरपल तेज खबर लाई जानकारी गराउनु भयो ।