रौतहट ०६ असार ।। रौतहट जिल्लाको राजदेवी नगरपालिकाले १० औ नगर सभा नगरपालिकाको सभाहलमा भव्यताका साथ सम्पन्न भएको छ । जिल्लामै सबै भन्दा पहेले नै आफनो निरि तथा कार्यक्रम ल्याएका छन् । नेपाल सरकारले निर्धारण गरेका मिति असार १० गते भन्दा पहिले नै आफनी कार्य नीति ल्याएका छन् ।

कार्यक्रम विधिवत रुपमा दिपप्रज्वलन, रास्ट्र गान र ज्ञात अज्ञात वीर सहिदहरु प्रति मौन धारण गरि कार्यक्रम सुरु गरिएको थियो । राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी प्रसाद यादवले नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

” जनमुखी स्थानीय सरकार ,विकास र समृद्धिको आधार ” नारालाई मूल रुपमा लिई चौतर्फी विकास व्यवस्थापन ,दिगो विकास र सुशासनको प्रत्याभूति हुने वातावरणको सृजना गर्ने उदेश्यले नगर प्रमुख यादवले आर्थिक वर्ष २०८०/०८१ को लागि कुल आय तर्फ जम्मा ( छयालीस करोड चालिस लाख पन्द्रह हजार विन्योजन गरेका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को लागि नेपाल सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ बाइस करोड पचास लाख जसमध्ये चालु तर्फ एकाइस करोड बह्तर लाख तथा पुजीगत तर्फ अठारह लाख ,प्रदेश सरकार बाट प्राप्त हुने ससर्त अनुदान तर्फ अनुमानित असि लाख ,नेपाल सरकार बाट प्राप्त हुने सम्पुर्क अनुदान तर्फ पचास लाख , नेपाल सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ एक करोड ,प्रदेश सरकार बाट प्राप्त हुने विशेष अनुदान तर्फ तिस लाख ,प्रदेश सरकार बाट प्राप्त हुने सम्पुर्क अनुदान तर्फ बिस लाख बराबरको कार्यक्रम ल्याएका छन् ।

उक्त कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव , उप प्रमुख राजकुमारी सह , प्रमुख प्रसासकिय अधिकृत प्रल्व कायस्थ , योजना प्रमुख पंकज मिश्र , जिन्सी शाखा प्रमुख प्र्मोध चौधरी , सूचना प्राविधिक शाखा प्रमुख चन्द्र भुषण यादव लगायत पालिकाका सम्पूर्ण कर्मचारी ,वडा न १ देखि ९ सम्मक वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्य , समाजसेवी पवन साह लगायत सुरक्षाकर्मी,संचारकर्मी सहित भर्भलाअद्मिहरुको उपस्थिति रहेको थियो ।