हरपल तेज खबर रौतहट १८ कार्तिक २०८०, शनिबार

शुक्रबार मध्य राति गएको भूकम्पमा परेर जाजरकोट र पश्चिम रुकुममा गरी १२८ जनाको मृत्यु भएको छ भने १४० जना घाईते भएका छन् ।


जाजरकोटमा ६.४ म्याग्नीच्यूडको भुकम्पमा परेर जाजरकोटको नलगाड नगरपालिका कि उपमेयर सरिता सिंह

सहित ९२ जनाको मृत्यु भएको तथा ५५ जना घाइते भएको नेपाल प्रहरीका प्रवक्ता एवं डिआजी कुवेर कडायतले मिडियाहरु लाई जानकारी दिए

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट विहान ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा छ ।’


भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । यस सँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।


घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा उपचार गर्ने समुचित व्यवस्थापनको अभाव छ, भुकम्पको कारण बाटो अवरुद्ध भएको छ, विहानै देखि अवरुद्ध सडक खुलाउने युद्धस्तरमा कार्य भईरहेका छन् । हरेक क्षेत्रबाट जाजरकोट र पश्चिम रुकुममा मानविय सेवा गर्न विभिन्न संघसंस्थाहरु जाने क्रम जारी रहेको खवर प्राप्त भएका छन् ।