उमेश साह
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वार्ड नं.३ मा  वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डि.के. झा ले छोरी संरक्षण कार्यक्रम अन्तर्गत नवजात शिशुहरुको अभिभावकहरुलाई पाँच हजारका दरले चालीस जनालाई चेक हस्तान्तरण गरेका छन ।

बिगतको समयमा दुई हजार का दरले सुरुवात गरेको वडा अध्यक्ष यसपाली पाँच हजार का दरले वितरण गरेको छ।

घरमा छोरी जन्मिन बितिकै बुबा आमा घरपरिवार दुखी हुने र छोरा जन्मे बितिकै बुबा आमा घरपरिवार खुशी हुने देखेर आफुले छोरी संरक्षण कार्यक्रम संचलन गरेको वडा अध्यक्ष झा  बताए।

छोराछोरी लाई सामान्य स्वरुप हेर्नु पर्छ भेदभाव रहित समाज निर्माण गर्रनु नै मेरो उदेश्य रहेको छोरी लाई पढाउनु शिक्षित बनाउनु देशको ठुलो वोहदा मा पुर्याउनु नेै हाम्रो लक्षय रहेको अध्यक्ष  झा ले बताए । छोरी देविकि  स्वरुप हुन हाम्रो समाजले हेल्ला होईन माया ले छोरी लाई लालन पोष्ण शिक्षा दिनु पर्छ । दाईजो होईन शिक्षा दिनु पर्छ ।  वडा बासिहरुको छोराछोरी बच्चाहरु स्कुलमा के गर्दै वडा अध्यक्ष झा को भनाईरहेको थियो । तपाईहरु घर बसी बसी आफ्नो मोबाइल बाट हेर्नुहुन्छ आफ्नो वडाका सम्पुर्ण छोरी चेलीहरुलाई कक्षा १ देखि कक्षा १२ सम्म नि.शुल्क एड्बिसन देखि सर्टीफिकेट लेउनजेलसम्म कुनै शुल्क नलाग्ने वडा अध्यक्षले बताए।

सरकारी स्कुल बाट संस्कृत २०७९/८० को एस ई.ई.परीक्षामा सर्बोत्कृष्ट अंक ल्याउने छात्राहरूलाई वडा अध्यक्ष छात्रावृत्ति पुरस्कार स्वरुप नगद ११ हजारका दरले वितरण गरेको थििए । वडा अध्यक्ष को यो कार्यक्रम ले वडा वासिहरु हर्सित मात्र न भई परिवर्तन समेतको अनुभुति महसुस गरेको कुरा स्थानीय बासिहरु ले बताउछन । जिल्ला भरी मै छोरी को लागि बिषेश कार्यक्रम हरु ल्याएका एक मात्र वडा अध्यक्ष धर्मेन्द्र कुमार झा DK झा प्रति जन्ताको बिषेश भाव स्नेह देखाई दोस्रो पटक समेत निर्वाचित गराएका वडा अध्यक्ष प्रति  जन्ताहरु सन्तुस्ट भई खुशि ब्यक्त गरेका छन ।