रौतहटको सदरमुकाम गौरमा गौं हत्याको बिरुद्धमा शाान्ति पुर्ण तरिका हिन्दु  अगुवाहरु द्वारा  दर्शन गरिएको छ । केहि दिन अगाडि धरानमा नेपालको राष्ट्र जानवर तथा सत्य सनातन हिन्दु धर्ममा गौं लाई माताको दर्जा दिएको सोहि गाई लाई हत्या गरि मासु पकाई खाई समाजिक संजालमा बयापक भाईरल भएको हुदा हत्यारालाई काडा कार्वाहीको मांग राखि सयौंको संख्या मा शाान्ति पुर्ण तरिका ले गौर बजार परिक्रमा गरेको छ ।

नेपाल विश्व हिन्दु महासंघ र विश्व हिन्दु परिषद ले निकाले को र्यालिमा साधु संत हिन्दु धर्मालम्बि को बाक्लो उपस्थिति रहेको थियो । गौं हत्यारा लाई कार्वाही गर , हिन्दु राष्ट्र कायम गर , गौं माताको रक्षा गर , साधु सन्तमाथिको  दमन बन्द होस ,जय श्री राम नारा भनि विभिन्न नाराका साथ सदरमुकाम गौर परिक्रमा गरि बि.पि.निर्मानाधिन घण्टा घर नजिकै कोन सभामा परिणत भएको थिियो । कार्यक्रम मा सहभागी नेपाल विश्व हिन्दु महासंघका रौतहट जिल्ला अध्यक्ष त्रिभुवन ओझा , विश्व हिन्दु परिषदका रौतहट अध्यक्ष रामानन्द प्र.यादव ,राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला सभापति सतेन्द्र प्रताप सिंह लगाएत बिभिन्न हिन्दू अगुवाहरु साधुसन्तहरु को बाक्लो उपस्थिति रहेको थिियो । हिन्दु राष्ट्र कायम न भए सम्म हिन्दु चुप लागेर बस्देैन , गौं हत्यारा लाई कार्वाहि नगरे हामि काडा आन्दोलन मा जान बाथ्य हुने छु , भनि कोण सभालाई सम्बोधन गर्दै नेपाल विश्व हिन्दु महासंघ रौतहट अध्यक्ष त्रिभुवन ओझाले गर्जेका थििए ।

कोण सभालाई सम्बोधन गर्ने क्रममा जब सम्म हिन्दु राष्ट्र कायम हुदैन , साधु सन्त सुरक्षित महसुस गर्दैन गाई को रक्षाको अनुभुती न भए सम्म हाम्रो कदम न रोकिने भनि सभापति सतेन्द्र सिंह ले बोल्नु भएको थिियो । त्यस्तै विश्व हिन्दु परिषद का रौतहट अध्यक्ष रामानन्द यादवले कोण सभालाई सम्बोधन गरि समाप्त भएको घोषणा गर्नु भएको ।