रौतहट ०५ मंसिर

सर्लाही २०७४ सालको निर्वाचनमा अमरेश सिंह कै चुनाव प्रचारप्रसार मा प्रयोग भएको आफ्नै फोटो भएको स्टिकर टाँसिएको गाडीको फोटो पोष्ट गरेर राजनीतिक द्वन्दको कारण नेपाली कांग्रेसको जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको छोरा सुधीर सिंह ले बिहान १० बजे काठमाडौं जाने क्रममा नयाँरोड – मधुवनि सडक खण्डको सेखौनामा कारले आफू चढेको स्कोरपिओ गाडिलाई ठक्कर दिई वाटोमा रोकेर गालीगलौज गरेको र आफूलाई डिएसपीले जोगाएर स्कर्टिङमा लगेको कुरा निराधार झुठो हो।

१ हप्ता देखि क्षेत्र मा घुम्दा कसैले केहि भनेन तर काठमाडौं फर्किने बेला बिहान १० बजे प्रहरी स्कर्टिङमा गईरहेको बेला सानो कारले स्कारपिओ गाडीमा ठक्कर दियो , गाली गलौज र धाकधम्की दियो भनेर नबालिक केटाहरूको नाम उल्लेख गरि माननीय जस्तो गरिमामय पद भएको व्यक्तिले झुठो पोष्ट गर्न सुहाउँदैन । सरकार द्वारा खोसिएको सुरक्षाकर्मी फेरि पाउनको लागि र चर्चामा आउनको लागि गरिएको स्टन्ट  अमरेश सिंहको रहेको  चाल प्रतिको सर्लाही मा चर्चा नै छाएको स्थानीय को भनाई रहेको छ ।