०५ पुष २०८० हरपल तेज खबर

नेपाली काँग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु हुँदैछ। जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्नेछन्।

जनकपुरधामस्थित तिरहुतिया गाछीमा ११ बजेदेखि सम्मेलन सुरु हुने नेपाली काँग्रेसको मधेश प्रदेश उपसभापति तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहको स्वकीय सचिव तथा समेलन मिडिया संयोजक निकेश त्रिपाठीले सम्मेलनका लागि तिरहुतिया गाछीमा सम्पुर्ण तयारी भैसकेको जानकारी गराएका छन।

आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनको बन्दसत्र महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा आयोजना हुनेछ।

बन्द सत्रमा प्रदेश प्रतिनिधि, प्रदेश समितिका पदाधिकारी र केन्द्रीय समितिका पदाधिकारी गरी ८ सयभन्दा बढीको उपस्थिति रहने संयोजक त्रिपाठीले बताए। बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदन पेस हुने पनि उनले बताए।

नेपाली काँग्रेसले यसअघि गत मंसिर १६ र १७ गते लुम्बिनी प्रदेश सम्मेलन तथा यही पुस २ र ३ गते गण्डकी प्रदेश सम्मेलन सम्पन्न गरिसकेको छ।