रौतहट २० गते
रौतहट प्रहरी द्वारा लाखौं रुपैया बराबरको भारतिय अवैध कुखुरा नस्ट गरेका छन ।

 मिति २०८१।०१।१९ गते अं. बिहान २१;२० बजेको समयमा भारतको सिमानामा पर्ने छोटी भन्सार बंकुल बजारको प्रहरी चौकी बंकुल रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला रौतहट बौधिमाई न.पा. वडा नं. ७ स्थित भारतबाट अबैध रुपमा भंसार छलि चोरी पैठारी गरी बोईलर कुखुरा साईकलमा लोड गरी नेपालतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरी टोलीलाई देखी लोड रहेको बोईलर कुखुरा फाली साईकल लिई मानिस भागि फरार भएकोले सो स्थानमा प्रहरी टोली गई वेवारिसे अवस्थामा रहेको १०६ वटा बोईलर कुखुरा बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई राखिएकोमा मिति २०८१।०१।२० गते जिल्ला प्रहरी कार्यालय रौतहटको प्राङगणमा स्थानिय भद्र-भलादमी,जन प्रतिनिधी, संचारकर्मीहरु तथा प्रहरी समेतको रोहबरमा अन्दाजि मुल्य रु.१,२७,२०० ।- बराबरको १०६ वटा बोईलर कुखुरा नष्ट गरीएको । प्रहरी प्रब्क्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले हरपल तेज खबर लाई जानकारी गराएकि छिन ।,