११ फाल्गुन २०८०, शुक्रबार
धनुषा, ११ फागनु । बर्षौ बर्ष देखि मधेश प्रदेशमा स्वास्थ्यको स्तर निकै तल खस्किसकेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि विरेन्द्र सिंहले आमूल परिवर्तन तर्फ अघि बढिरहदा केही बिरोधि हरु द्वारा बिचौलियाहरु परिचालित गरि बदनाम गरिने षडयन्त्र रचि अत्तालिएर नकारात्मक सन्देशहरु फैलानमा व्यस्ता रहेको मन्त्री सिंहको सचिव सुमित कुमार सिंह ले बताएका छन ।
मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी सम्हालेपछि प्रदेशको आठै जिल्लाका प्रादेशिक अस्पतालहरुको स्तरन्नोती गरेर प्रादेशिक अस्पताललाई एक सय सैयाको अस्पताल बनाउने अभियान अन्तर्गत विभिन्न उपकरण, दक्षजनशक्ति, औषधी लगायतका कार्यहरुमा आमूल परिवर्तन गरिएका हुन् ।
स्वास्थ्यमन्त्री सिंहको अथक प्रयास मेहनेतको साथै विशेषज्ञहरुको राय लिई आमूल परिवर्तनका पथमा अघि बढ्दै गरिव निमुखा जनताहरुलाई निजी अस्पतालमा लुटिदै आएको अवस्थाबाट मुक्ति दिलाउने कार्यलाई देखेर केही बिरोधिहरु विचौलियाहरु मार्फत अनावश्यक रुपमा उनको पछि लागिपरेको सचिव सुमित कुमार सिंह ले गुनासो समेत गरेका छन । बिगतमा मधेस प्रदेश बाट अन्तै ऊपचार गराउन जाने गर्थयो तर अहिले बाहिर प्रदेश बाट मधेस प्रदेशमा उपचार गराउन आउने क्रम बढेको बताएका छन ।
यस्तै जनकपुरधाम स्थित मधेश प्रदेश स्वास्थ्य प्रतिष्ठान भित्र रहेका अस्पतालहरुबाट विरामी ओसार्नेलाई स्वास्थ्य मन्त्री सिंह आफै समातेर प्रहरीको जिम्मा लगाई कारवाही गराइएपछि त्यस्ता विचौलियाहरु उनको बदनाम गराउदै हिडेको उनले भने ।
यसअघिका सरकारमा युवा तथा खेलकुद मन्त्री हुँदा सिंहले विभिन्न स्थानहरुमा खेलकुदका सामग्रीहरु वितरण गर्नुका साथै उल्लेखनिय कार्य गरेका थिए । अहिलेका सरकारमा अत्यन्तै क्रियाशिल रहेका मन्त्री सिंहले यस्ता विचौलियाहरुको प्रचारबाजीबाट कुनै फरक नपर्ने तथा आफूले पाएको जिम्मेवारी पूर्ण इमानदारीका साथ पुरा गर्ने तथा सातै प्रदेशमा मधेश प्रदेशलाई स्वास्थ्य क्षेत्रमा उत्कृष्ट प्रदेश बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रादेशिक अस्पताललाई व्यवस्थित बनाउन चाहिने उपकरणहरु खरिद प्रक्रिया पूर्ण रुपमा पार्दर्शी गर्नका निमित्त इ विडिंग प्रक्रियाको थालनी गराएकोमा त्यस्ता विचौलियाहरुको मापदण्डहरु पुरा गर्न नसक्ने भएपछि अनाधिकृत रुपमा विना जानकारीको स्टण्टबाजीको कारण आफूलाई केही फरक नपर्ने मन्त्री सिंहले दाबी गरे ।