१६ मंसिर २०८०

उमेश सार्फ रौतहट

भारतीय दूतावास विरगंजको काउन्सलेटर शैलेन्द्र कुमारको दुर्गा भगवती गाउँपालिकामा भ्रमण सफल भएको छ ।

रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहको विशेष पहलमा भारतीय दूतावास विरगंजको काउन्सलेटर शैलेन्द्र कुमारले पालिका भ्रमण गर्नु भएको छ।

दुर्गाभगवती गाउँपालिका अध्यक्ष शम्भु सिंह,र वडा नं. ३ को लोकप्रिय वडा अध्यक्ष धर्मेन्द्र कुमार झा उर्फ डि.के झा ,श्रीमन नारायण झा,उमेश झा,हेमन्त झा लगायतका उपस्थितिमा काउन्सलेटर शैलेन्द्र कुमारलाई दुर्गा भगवती गाउँपालिका वडा नं.३ को वडा कार्यालयमा २५ किलोको माला लगाई स्वागत गरिएको थियो ।

दुर्गा भगवती गाउँपालिका वडा नं.२ भलोहीयामा रहेको सरस्वती माध्यमिक विद्यालयको प्रशासनिक भवन, वडा नं.३ मत्सरीमा रहेको संस्कृत माध्यमिक विद्यालयको भौतिकपुर्वाधार लगायत ,र वडा नं.५ बडहरहामा जिर्ण अवस्थामा रहेको विद्यालय भवन तथा एम्बुलेन्स ,स्कुल बस लगायत विभिन्न समस्या सम्बन्धि गाउँपालिका अध्यक्ष सिंह र झाले ध्यानाकर्षण गराउनु भएको छ।