रौतहट २६ मसिंर हरपल तेज खबर

रौतहटको देवाहि गोनाही नगरपालिका वडा नम्वर ५ टिकुलिया नारायण चौक मा २०८० मंसिर २६ रात्रि गते देखि २९ गते सम्म लाग्ने माहाविरी झण्डा मेलाको उद्घाटन सम्पन भएको छ । क्रायक्रमको प्रमुख अथिति प्रदेश सांसद सुनिल यादव उर्फ जितेन्द्र यादव बिषिष्ट अथिति देवाहि गोनाही नगरपालिका नगर प्रमुख प्रेमलाल साह वडा अध्यक्ष ओपेन्द्र साह संयुक्त रुपमा फित्ता कांटी मेलाको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मेला समिति अध्यक्ष बच्चेलाल यादव सचिव धर्मेन्द्र साह , कोषा अध्यक्ष राम प्रवेश साह, युवा चर्चित नेता विनोद पटेल लगाएत भद्रभलादमिको बाक्लो उपस्थिति रहेको थियो । मेला मा मनोरञ्जन को लागि बिभिन्न किसिमको खेल तामासा को ब्यबस्था रहेको मेला समिति ले जानकारी गराएका छन ।
मेला २०८०/०८/२६ देखी २०८०/०८/२९ गते सम्म लागने र हप्ताको मंगलबार र शनिवार तरकारी बजार समेत लाग्ने  मेला समिति सचिव  तथा बजार ब्यबस्थापक अध्यक्ष  धर्मेन्द्र साह ले जानकारी गराएका  छन ।