०८ बैशाख २०८१ हरपल तेज खबर

प्रादेशिक अस्पताल गौर रौतहट मा तत्कालीन मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंह द्वारा रगत (ब्लड) बैंकको उद्घाटन गर्नु भएको थियो । सो ब्लड बैंकमा आज एक कार्यक्रम बिच विरामिहरुको जिवन रक्षाको लागि अस्पताल मे.सु. डा.मुरारी ठाकुर र ईमरजेन्सी ईन्चार्ज राजेश सिंह रगत दान गरी सुरुवात गर्नु भएको छ । प्रादेशिक अस्पताल गौरले आयोजना गरेको रगत दान कार्यक्रममा अस्पताल मा कार्यरत डा.अमित यादव डा.रन्जन ठाकुर एक्सरे फांंट का कपिल देव झा लगाएत बिभिन्न फांटका स्टापहरु लगाएत आंखा अस्पताल पुरनवाका बाहे कार्यक्रम संयोजक सतेन्द्र पाण्डे पत्रकार लगाएतहरु ले रगत दान गरेका छन । कार्यक्रम का अध्यक्षता गर्नु भएका अस्पताल अध्यक्ष मोहम्मद अनवर हाशमि ले अस्पताल मा हुदै आईरहेको रगत ( ब्लड )को समस्या आज देखि अन्त हुने आफ्नो मन्तव्यमा बताएका छन । त्यस्तै आम नागरिक संग अस्पतालमा रगत दान गर्न अपिल समेत गरेका छन । अस्पताल प्रमुख मे सु डा.मुरारी ठाकुरले परिवर्तन गर्न सुरुवात आफेै बाट गर्नु पर्छ , भनि आफै बाट रगत दान गर्न सुरुवात गरेका थिए । डाक्टर ठााकुर ले अहिले सम्म रेडक्रस बाट हुदै आईरहेको सहयोग को साराहाना समेत गरे थिए ।रगतको अभावमा आज देखि कसैको ज्यान न जावोस भनि आम नगरिक समेत लाई एक पोका रगत दान गर्न अपिल समेत गर्नु भएका छन । रगत दान गर्नेहरु लाई अस्पताल अध्यक्ष हाशमि र मेसु ठाकुर द्वारा प्रमाण पत्र बितरण गरेका थिए

कार्यक्रम मा लेखापाल जितेन्द्र यादव ल्यावमा कार्यरत ईन्चार्ज अनुठा यादव अधिकृत निशा गुप्ता लाएत अस्पताल स्टापहरु संचारकर्मि समाज सेविहरुको उपस्थिति रहेको थिियो ।