एजेन्सी ।। चिनियाँ राष्ट्रपति सी चिनपिङ आज भारत प्रस्थान गर्ने भएका छन् । शिखर वार्ताको लागि आज राष्ट्रपति सी भारत आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चेन्नाइको नजिकामा रहेका मामल्लापुरमा शुक्रबार र शनिबार भेट गर्ने भएका छन । सीको भ्रमणका लागि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । त्यसका लागी मोदी विहान ११ बजे नै चेन्नाइ पुगेका छन् ।
। सी दिउँसो २ बजे चेन्नाइ अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यहाँबाट दुबै नेता बेलुका साढे पाँच बजे ममल्लापुर जाने कार्यक्रम रहेको छ ।
मोदी–सी शिखर बैठक अनौपचारिक हो । उक्त बैठकमा कुनै सम्झौतामा हस्ताक्षर नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
मोदीसँगको शिखर बैठक समापन गरेर सी भोलि९शनिवार० नेपाल आउने कार्यक्रम रहेको छ ।