धनुषा, १७ मंसिर । हरपल तेज खबर

LIC नेपाल लिमिटेडले गरेको घोटालालाई लिएर साबिक अभिकर्ता सहितका विमाधारीहरुले आईतवार मधेश प्रदेशको जनकपुरधाममा रहेको एलआईसी नेपाल लिमिटेडको कार्यालयमा केही कागजातहरुमा आगो लगाउदै तालाबन्दीलाई यथावतै राखेका छन् । आईतवार बिहान १० बजे देखि कर्मचारीहरुको भागा भाग
भएको सतेन्द्र पाण्डे ले जानकारी गराएका छन । विगत १३ दिन देखि एलआइसी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय जनकपुरधाममा ताला लगाएर विरोध प्रदर्शन जारी राख्दै आएपनि सम्बध निकायले कानमा तेल हालेर कुम्भकर्ण निन्द्रामा रहेको हुँदा केही कागजातहरुमा आगो लगाउदै तालाबन्दी कार्यक्रमलाई यथावतै राखेको साबिक अभिकर्ता लायन्स सत्येन्द्र पाण्डेले हरपल तेज खबर लाई बताएका हुन् ।
सयौं विमा गराउने ग्राहकको कागजातहरु एलआईसीका उच्च पदस्थ पदाधिकारी प्रकाशबहादुर उपाध्याय, सुचना अधिकारी सदर्शन गिरी र गौर शाखाका तत्कालिन शाखा प्रमुख विपिनकुमार साहको मिलोमतोमा नष्ट गराएर ग्राहकको लाखौं रकम हिनामिना गरेपछि विगत चार महिना देखि उक्त हिनामिना गर्ने पदाधिकारीहरु विरुद्ध कारवाहीको माग गर्दै ग्राहकको रकम फिर्ता गर्नका लागि अनवरत रुपमा संघर्ष गर्दै आएको भएपनि सम्बध निकायहरु कानमा तेल हालेर कुम्भकर्ण जस्तै सुतेको गम्भीर आरोप साबिक अभिकर्ता एवं लायन पाण्डेले लगाए ।
पाण्डे भन्छन् भारतमा रहेका सहारा इंडिया, विभिन्न सहकारी संस्था जस्तै एलआइसी नेपाल लिमिटेडले आम जनताहरुद्धारा जम्मा गरिएका रकम हिनामिना गर्ने कर्मचारीहरुलाई ढाकछोप गर्नमा एलआइसीको व्यवस्थापन पक्ष लागि परेको हुँदा जनताहरु अनावश्यक रुपमा दुख पाइरहेको बताए ।


जनकपुरमा ताला लगाएको १३ दिन बित्न लाग्दा पनि कहिँ कतै बाट ताला खुलाउने प्रयास समेत नभएको र आमजनताहरु थप ससंकित बनि नेपाल राष्ट्र माथि नकारात्मक असर पररहेकोले नेपाल सरकार र देश विदेश मा बसोबास गर्ने सबै बिमाप्रेमीहरु मा पिडितहरुले जिल्ला प्रहरी कार्यालय गौर, रौतहट मा गरेका सहमति कार्यान्वयन गरिदिन खुल्ला रुपमै समाचार आइरहेका छन् जसबाट विमाप्रेमीहरुमा एलआइसी प्रति नकारात्मक संदेश प्रवाह भइरहेको पाण्डेले भने ।