२६ मंसिर २०८०, मंगलवार
उमेश साह रौतहट

रौतहट, २६ मंसिर । दुर्गा भगवती गाउँपालिका वडा नम्वर ४ मा एक दिने निशुल्क आँखाको शिविर सम्पन्न भएको छ ।
डक फाउण्डेशनको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघ, गौर आँखा अस्पतालको आयोजनामा मंगलवार आँखाको एक दिने निशुल्क शिविर सम्पन्न भएको हो ।
आँखा शिविरमा ९७ जना पुरुष, ७६ जना महिला गरेर १७३ जना आँखाको विरामीहरुले आ आफना आँखाको परिक्षण गराएको जानकारी दिदैं शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले निशुल्क शैल्यक्रियाको लागि ८३ जना छनौट भएको छ ।
छनौंट भएका ८३ जनालाई नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पतालमा निशुल्क रुपमा मोतियाबिन्दुको शैल्यक्रिया गरिने संयोजक पाण्डले जानकारी दिए । पाण्डेका अनुसार छनौंट भएका विरामीहरुलाई अस्पतालको सवारीसाधानमा ल्याएर निशुल्क शैल्यक्रिा गरि पुनः घर पुर्याउने व्यवस्थापन गौर आँखा अस्पतालले गर्ने समेत उनले बताए ।

स्थानीय आयोजक वडाध्यक्ष रामानन्द यादव सहित वडा कार्यालय पचरुखी, लायन्स क्लव अफ रौतहट भिजन नेपाल तथा प्रचार प्रसारमा  हरपल तेज खबर र तराई टप अनलाइन खवर रहेको समेत शिविर संयोजक पाण्डले जानकारी दिए ।