जनकपुरधाम, ५ मंसिर हरपल तेज खबर

एलआईसी नेपाल लिमिटेडले अभिकर्ता र विमाधारीको एक करोड भन्दा बढि रकम ठगि गरेर अनियमितता प्रकरण विरुद्ध निरन्तर रुपमा आवाज उठाउदै आएको तर सम्बध निकायबाट कुनै सुनुवाई नहुँदा एलआइसी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय जनकपुरधाममा ताला लगाइएका छन् ।
LIC नेपाल लिमिटेडले गरेको गलत एवं गैर वित्तिय कार्यलाई निस्तेज गर्नुका साथै गलत गर्ने कार्यलाई प्रोत्साहन दिदै पृष्ठपोषक बनेपछि गत साउन महिना देखि निरन्तर रुपमा आवाज उठाउदै आएको पीडित निलम्बीत अभिकर्ता सत्येन्द्र पाण्डेले मंगलवार एलआइसीको प्रादेशिक कार्यालय जनकपुरधाममा तालाबन्द गरेर विरोध प्रदर्शन गरेका हुन् ।
पाण्डेले सन् २०२० मा ९५ जना विमा खोलेर सम्पूर्ण कागजात सहित रकम एलआइसी नेपाल लिमिटेडको गौर ब्राञ्चमा जम्मा गराएका थिए । तर तत्कालिन ब्राञ्च म्यानेजर विपिनकुमार साह र एलआईसी नेपाल लिमिटेडमा मार्केटिंग एचओडी रहेका प्रकाशबहादुर उपाध्याय र कम्पनीको सचिव एवं सुचना अधिकारी सुदर्शन गिरीको आन्तरिक साँठगाठमा उक्त विमाधारीको सम्पूर्ण डकुमेन्टहरु नष्ट गराइएको तथा एक करोड भन्दा बढि रकम अन्य नक्कली व्यक्तिको नाम खडा गरेर रकम हिनामिना गरेको गम्भीर आरोप निलम्बित अभिकर्ता पाण्डेले लगाए ।
एलआईसी नेपाल लिमिटेडमा देखापरेको बेथिति वारे गत साउन महिनामा सिओ प्रणयकुमार संग

कुरा गर्दा हामी निकै गम्भीर भएर अनुसन्धान गरिरहेका छौं चाँडै नतिजा सार्वजनिक गर्ने भनिएपछि चार महिना वितिसक्दा पनि जसको तस अवस्थामा रहदा पीडित झन् पीडित बन्दै गएका छन् । अनुसन्धानको नाममा पटक पटक गौर, विरगञ्ज, जनकपुर सम्म पुगेर अनुसन्धान गर्ने एलआइसीका पदाधिकारीहरु कम्पनीकै रकमबाट मौजमस्ती गरिरहेपनि मेरो समस्या समाधान हुन नसकेको गुनासो पीडित पाण्डले गरे ।
एलआइसी नेपाल लिमिटेडको गोरखधन्धा बारे स प्रमाण सहित विमा प्राधिकरण सहितको विभिन्न निकायहरुमा उजुरी गर्दा समेत सबै निकायलाई एलआइसीले पैसाको बलमा अहिले सम्म ढाकछोप गर्दै आएको आक्रोश पोख्दै पीडित पाण्डेले जब सम्म शरीरमा प्राण रहने छ तव सम्म एलआइसीको बेथिति विरुद्ध आफू निरन्तर रुपमा आवाज उठाउने छु ।
कम्पनीका एचओडी रहेका प्रकाशबहादुर खड्काले नक्कली पत्रमा सिओको हस्ताक्षर स्क्यान गरेर मलाई कारवाही गरेको पत्र आउदा समेत ति व्यक्तिलाई कारवाही गरिएन त्यती मात्रै नभई कम्पनीको सचिव एवं सुचना अधिकारी सुदर्शन गिरीले समाचार बाहिर ल्याउन नदिन संचारकर्मीहरुलार्ई रकम बाडेको आरोप पाण्डेले लगाए । त्यती मात्रै नभई कारवाहीको नाममा झापामा रहेका विपिनकुमार साह र अभिकर्ता सत्येन्द्र पाण्डेलाई निलम्बन गरेको पत्र सार्वजनिक एलआइसीले गरेपछि सो कारवाही म विरुद्ध मात्रै भएको भन्दै विपिन कुमार साह राजविराज सप्तरी शाखामा अहिले सम्म कार्यरत रहेकोबाट एलआइसीको काथनी र करनीको पोल खुलिसकेको उनले बताए ।
एलआइसी नेपाल लिमिटेडले मेरो सामुल नष्ट गर्ने षड्यन्त्र गरेको गम्भीर आरोप लगाउदै पीडित पाण्डेले बाध्य भई एलआईसीले गरेको गलत क्रियाकलापको भण्डाफोर गर्न पोष्टर पम्पलेट प्रदेशभरी नै छरिएको तथा प्रादेशिक कार्यालयलाई दुई दिन अघि जानकारी दिएर आज तालाबन्दी गरेर प्रदर्शन गर्न आफू बाध्य भएको उनले भने । तालबन्दी गर्नमा सघाउने सम्पूर्ण प्रति पाण्डेले आभार व्यक्त गरे ।